आज संसारमा कालो बजार छ
धनको सारमा बाँच्ने आधार छ ।
दुख मेरा कस्को तश्विरमा दुखाउँ
जति चोटपाएँ मनमा साभार छ ।
कहि मरेकाछन् कोहि रमेकाछन्
मानव बस्तिमा नाना प्रकार छ ।
छैन शान्ति फगत दुई दिन बाँच्दा
गाउँ शहरमा दिनहुँ काटमार छ ।
किन भुल्यौ मरूभूमिमा मनसुन ?
वहाँ आँगनमा फूलको बहार छ ।
मनोज काफ्ले मनसुन
मिति २०६८ । ९ । ३ गते
कुवैत
