खोलेर ताला दैलामा पाला जलाई बसेकी
भेट हुने बेला सुकिला लुगा लगाई बसेकी
आउँदैछ भन्दै पर्खेर बस्दै मूलबाटो हेरेर
हातमा माला हर्षका गाला हँसाई बसेकी
घरमा पुग्न राति नै जाति लाग्दछ मलाई
अबेरसम्म प्रियाले आँखा नचाई बसेकी
जुनेली रात मनभरि बात चल्दैछ हेर त
थालमा खाना पस्केर पनि नखाई बसेकी
दुई सालपछि घरमा आज हर्षको वर्षा छ
त्यसैले मेरी प्रियाले आँखा लजाई बसेकी
मनसून
रचना ८ जुलाई २०१२ कुवैत,
