जीवनका हरेक सालहरू मेरा
आफ्नै काल भई पर्खिरहेका छन्
जीवनका हरेक महिनाहरू मेरा
सापट र बैना भई तर्किरहेका छन्
जीवनका हरेक हप्ताहरू मेरा
मेरा कब्जाबाट छलिहरेका छन्
जीवनका हरेक दिनहरू मेरा
रिनै रिनमा चलिइरहेका छन्
जीवनका हरेक घण्टाहरू मेरा
त्रिशुल र घण्टा झैं सजिरहेका छन्
जीवनका हरेक मिनेटहरू मेरा
एमबुलेन्सको साईलेन्स भई बजिरहेका छन्
जीवनका हरेक सेकेण्डहरूमा
फगत पैसाको लागि
मेरो नाम लेखिरहेकोछु
सकी नसकी खुट्टाटेकिरहेको छु
त्यसैले
यो धनको संसारमा
सबैभन्दा भाग्यमानी भएको छ पैसा ।
मिति २०६८ । ८ । ३१ गते
कुवैत
