मार्मिक शब्दका भावनाहरू अनि सुरिलो स्वरको धनी, स्याङ्जाली गायक घनश्याम रिजाल
मार्मिक शब्दका भावनाहरू अनि सुरिलो स्वरको धनी, संवेदनाका गीत गायक घनश्याम रिजाल पहिचानसँगै आएको छ । धेरैले गीत गाउछन्, धेरैले लेख्छन् तर माटो र मन छुने गीत गाउन र संगीत सृजना गर्न भने धेरैलाई कठिन परेको हुन्छ । त्यसैले त स्याङ्जाली गायक घनश्याम रिजालको स्वरले धेरैको मन छोएको मात्रै छैन, हृदयसँग साटीने उनका गीत लेखाई धेरैले मन पराएका छन् ।
पिता खेम नारायण रिजाल तथा तोपकान्ति रिजालको सुपुत्रका रुपमा २०४२ श्रवण ११ गते गण्डकी अंचल स्याङ्जा जिल्ला एलादी ग.बि.स वार्ड न. ७ मा जन्मेका घनश्याम रिजाल अहिले नेपाली लोक तथा दोहोरीको संसारमा आफ्नो अलग्गै नाम कमाउन सफल भएका छन् ।
गाउघरमा मेलापात अनि साथी-संगीसँग स्कुले जीवनमा सानैदेखि गाउदा गाउदै उनको स्वर खारिएर आयो । आफू स्कूले जीवनदेखि नै गीत गाउनमा उत्सुकता देखाउने गायक घनश्याम रिजालले नेपालमा बिभिन्न दोहोरी प्रतियोगितामा सफलता पाएका छन्, बिशेष गरी २०५९ सालबाट गायन शुरु गरेका घनश्याम रिजालले २०६३ सालमा स्वरेक महोत्सबमा पहिला भएका थिए त्यसपछि त उनको गीति यात्रा फस्टाएर अगाडि बढ्यो उनको पहिलो एल्बम “मन मुटुमा तस्बिर कोरेर २०६३” थियो अनि अझै उनी नेपाली दोहोरीसँग घनिष्ट हुनपुगे ।
गण्डकी लोक दोहोरी प्रतिष्ठानका सह सचिव समेत रहेका गायक घनश्याम रिजालले समाजमा हुने गरेको तितो यथार्थ आँकलन गर्दै उनको २०६६ मा “भर्भर आगो बल्दै हुनेछ” दोश्रो एल्बम बजारमा आयो, त्यसपछि गत साल “फोन गर है दिन म एकफेर” नामक एल्बमले उनलाई निक्कै नै सफलता मिल्यो ।
भर्खरै नेपाली लोक दोहोरीको दुनियाँमा एउटा सफल लोक दोहोरी एल्बम “सबको पछि लाग्ने भा’छु म” लिएर आएका छन् । ‘पक्कै तिम्लाई मेरो याद आको छ यता मलाई पछुतो लाको छ सबको पछि लाग्ने भाछु म, आफ्नै मान्छे अर्कैलाई सुम्पेर आज आफै माग्ने भाछु, शब्द र लय आफ्नै रहेको उक्त एकल गीतको एल्बम भर्खरै मात्र बजारमा आएको हो मार्मिक शब्द चयन, प्रेममा बिछोडको पीडा, सहनु पर्दाको क्षण साँचीनै कसको मन खुसी हुन्छ र पक्कै पनि लोकगीतको बजारमा एउटा नयाँ संरचना भएको छ जसलाई आकृति म्युजिक प्रा.लि ले बजारमा ल्याएको हो भने उक्त गीतको ०१६००१३८५० सी.आर.बि.टि तथा ६०५१३६८३ पि.आर.बि.टि ०१६००१२०४६ रहेको छ । यस्तै गरी अहिलेसम्म उनले करिब १० ओटा भन्दा धेरै गीत लेखि सकेका छन् उनको गीत रचना कतै शृंगारिक छ कतै प्रेम बिछोडका चोटहरू पोखिएका छन् ।
