किन मेरो सपनीमा हजुर आइरहनुहुन्छ ?
पासआई हजुरले नजर जुधाइरहनुहुन्छ
प्यासी नयन मेरा जब झुक्छन् हजुरसँग
एकछिन हाँस्नुहुन्छ फेरि सर्माइरहनुहुन्छ
आजमात्र होइन यस्तो धेरै पटक भएको छ
सपनीमा मलाई हजुरले तर्साइरहनुहुन्छ
भन्नुहुन्छ स्वार्थी छन् यहाँका मानिसहरू
बाटो हेरी पाइला चाल्न सिकाइरहनुहुन्छ
पर पुगेको हुन्छ ‘मन’ सपनाको दुनियाँभित्र
हजुर आउनुहुन्छ र मलाई बोलाइरहनुहुन्छ
किन मेरो सपनीमा हजुर आइरहनुहुन्छ ?
मनोज मनसुन
