भद्दा कुटिलताभन्दा
निर्दोष लज्जा प्रिय हुन्छ
वाणीले
वैखरीलाई
अन्माउन सक्नुपर्छ
शीतबिन्दु टप्किएको
फूल
बिदाइमा रसाएका
गाजलु आँखाहरू
कसोकसो
चसक्क चस्किएको
वियोगको छाती
प्रियाको
अँगालोमा निस्किएको
उष्ण तापले
जीवनलाई
भँगाला भँगालामा
बाँड्न खोज्छ,
खै ! निस्तेज छन्
मनका डिमार्केसनहरू
इच्छाका
पाश्र्ववर्तीहरू
बैँसतिरै
बत्तिएछन् –क्रमशः ।
पेशल आचार्य
मोबाइल ९८४४०४४०८३
