मन्थलीमा सजना बाइवा सन्ध्याको एकल वाचन


मन्थली ।

शनिबार असार ४, २०७३मा वसन्त पल्लव साहित्यिक पत्रिकाको आयोजनामा मन्थलीमा कवि सजना वाइवा सन्ध्याका कविता, गजल र मुक्तकको एकल वाचन सम्पन्न भयो ।

वसन्त पल्लव साहित्यिक पत्रिकाका सम्पादक माधव सयपत्री, भाषा सम्पादक पेशल आचार्य र भरतराज शर्मा मन्थलीयका सुपुत्र तथा विद्वान् अध्येता झङ्कारराज शर्माको विशेष आतिथ्यतामा मन्थली पार्टी प्यालेसमा भएको सो एकल वाचनमा सहभागीहरूले समेत उद्धरार्धमा आफ्ना कविता र गीत तथा मुक्तक सुनाएर माहौल रमाइलो बनाएका थिए ।

सो एकल वाचन कार्यक्रममा कवयत्री सन्ध्याले करिब ४५ मिनेट आफ्ना विगत् ३ वर्षदेखिका रचनाहरू सुनाएर स्रोतालाई मन्त्रमुग्घ बनाएकी थिइन् । सो एकल वाचनको मूल्याङ्कन तथा समीक्षा कवि पेशल आचार्यले गर्नुभएको थियो भने सो कार्यक्रममा कविहरू उद्धव अविचल, प्रिन्स प्रकाश, सुनीता श्रेष्ठ, रोशनी श्रेष्ठ, कुमार यात्री, लालबहादुर तामाङ आदि कविकवयत्रीहरूले आआफ्ना रचना वाचन गरेका थिए ।

वसन्त पल्लव साहित्यिक पत्रिकाले प्रत्येक महिना हरेक कविहरूको एकल वाचन कार्यक्रमहरूलाई निरन्तरता दिएपछि मन्थलीमा लेख्ने र सुन्ने माहौल बढेको कुरा सो कार्यक्रमका सभापति तथा पत्रिकाका प्रकाशक प्रकाश परिष्कारले बताए । सो कार्यक्रम कुमार यात्रीले सञ्चालन गरेका थिए । मन्थली आसपासका करिब ५० जना कवि तथा स्रोताहरूको उपस्थितिरहेको सो कार्यक्रमले आफूलाई अँझ जिम्मेवार भएर लेख्न ऊर्जा मिलेको कुरा कवयत्री सजना वाइवा सन्ध्याले बताइन ।

स्मरणीय छ अघिल्लो महिनामा पनि कवि उद्धव अविचलको एकल वाचन सम्पन्न भएको थियो । आगामी साउनको एकल वाचन गजलकार प्रिन्स प्रकाशको हुने कुरा पनि सभामा घोषणा गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *