Skip to content

सलाम चक्षुलाई


पल्टाएर उत्तरपुस्तिकाझैँ
पटकौपटक
रेजा चिन्ह दिएको
यादमा खेलाएर
पत्रोत्सर्ग द्वयोष्ठ्यहरू
मानौं हिउँ स्की खेल्दै छौं हामी
संक्रमणको अन्धकार
मेघको नादले
फँडा उठाएर जब
सानन्द खोजी गर्छ
पुरुषत्व जगाएर शनैशनै,
बिलो भाग लगाएझैँ
नवदेशकी परी तिमी
कन्दराको राजकुमार ऊ
ऐच्छिक र ऐकान्तिक गोचर
भो भयो
फाटक बन्द गर
तिमी यौवनको
मेमोरी सिद्धएको मुटु
अब आक्रान्त भएर
दुन्दुभीको कर्कश नादमा फर्कन सक्दैन,
पराईझैँ
पहरामा आँखा ओच्छ्याएको छु
खातिर तिम्रै लागि ।

पेशल आचार्य
मोबाइल ९८४४०४४०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *