नढाँटी भन्नुस् त
जीवनमा
कतिपटक श्रीमतीभन्दा
ठाढा बस्नुभएको छ ?
कृपया
प्रष्ट्याइदिनुहोस्
आफ्नो श्रीमान् टाढा राखेर
कुनचाहिँ श्री
उत्ताल तरङ्गले
खिल्खिलाउन सक्छे ?
सिँचन नगरिएको फूल
मल नहालिएको तरकारी
स्त्री नगरिएको गुजुमुज्ज कोट पाइन्ट
सबैसबै स्त्री नहुँदाका परिणाम त हुन्
बासी भात
थारा स्टोभ
र ग्याँस सिलिण्डरहरू
पुरुष नजिक नहुँदाका
परिणति हुन्,
साँच्चै जीवनमा स्त्री पुरुष
सँगसँगै बस्नुको मज्जा
अरू थोकबाट मिल्दैन ।
पेशल आचार्य
मोबाइल ९८४४०४४०८३
