मेला, पर्म, लेक बेशी बाह्रै यामहरूमा
आमाको जिन्दगी बित्यो चैते घामहरूमा
यो छोरो परदेशिएको कैयौ वर्ष बित्दा पनि
बाआमाको माया सधैं खोज्छु चिठी खामहरूमा
प्यारी उता एक्लै छन् जमना ठिक छैन रे
इमान हराएको छ भन्छन् कलियुगका रामहरूमा
मरूभूमि तात्दा बाँच्न उन्को याद छ र नत्र
मेरो पनि शरिर पर्थ्यो ती बाकसका लामहरूमा
रामकृष्ण अनायास
