म तिम्रै वरिपरि हेर बग्दो बतासमा छु
जुन अनि तारालाई सोध निलो आकाशमा छु
मेरो याद जतिबेला आउने छ तिमीलाई
बोलाउनु तिम्रै आँखा नजिक आसपासमा छु
तिमी छट्पटी भै आत्तिएको सधैं देख्दा
लाग्छ धड्कन अनि तिम्ले फेर्ने हर सासमा छु
कुनै दिन हामी दुई जुनतारा बनी उदाउने छौ
त्यसै दिन दुई मुटु एउटै हुने आशमा छु
रामकृष्ण अनायास
