पढाएरै ठुलो बनाउछु छोरो भन्थे,बालाई कहिल्यै टेरिएन
अगेनामा भात कुरेकै हुन्थिन्, आमाको मन कहिल्यै फेरिएन
आँसु झारेरै रात कटाउथे ख्वाउथे आफू भोकै बसेर पनि
अहिले पछुताएर के गर्नु आमा-बाको ममता कहिल्यै देखिएन
सधैं सपना बन्यौ हामी त्यसैले हाम्रै पछि लाग्नु हुन्थ्यो
तर म खुशी खोज्न अन्तै लागे काखमा कहिल्यै खेलिएन
जमनाले अन्धो बनाएर आधुनिकतामा डुब्दासम्म
बाकै उमेरमा आउँदा थाहा भो,बीचमा उठेर कहिल्यै हेरिएन
@ रामकृष्ण अनायास
