Skip to content

पढाएरै ठुलो बनाउछु


पढाएरै ठुलो बनाउछु छोरो भन्थे,बालाई कहिल्यै टेरिएन
अगेनामा भात कुरेकै हुन्थिन्, आमाको मन कहिल्यै फेरिएन

आँसु झारेरै रात कटाउथे ख्वाउथे आफू भोकै बसेर पनि
अहिले पछुताएर के गर्नु आमा-बाको ममता कहिल्यै देखिएन

सधैं सपना बन्यौ हामी त्यसैले हाम्रै पछि लाग्नु हुन्थ्यो
तर म खुशी खोज्न अन्तै लागे काखमा कहिल्यै खेलिएन

जमनाले अन्धो बनाएर आधुनिकतामा डुब्दासम्म
बाकै उमेरमा आउँदा थाहा भो,बीचमा उठेर कहिल्यै हेरिएन

@ रामकृष्ण अनायास

Leave a Reply

Your email address will not be published. Required fields are marked *