Skip to content

भन्छिन लिलाम गर्छु


भन्छिन लिलाम गर्छु राम्रो भाउ मिल्यो भने
मासिक आए राम्रै हुन्छ दाउ मिल्यो भने

व्यापार निकै फस्टाएको छ अचेल उन्को
ग्राहक थप्छु भन्थिन् नयाँ ठाउँ मिल्यो भने

कैयौ टुहुरा भेटिन्छन् म जस्तै यो सडकमा
भन्थिन् आमाको ठेगाना सोध्छु बाउ मिल्यो भने

बाध्यता आफैलाई बेच्नु पर्छ यो समाजमा
जहाँ दुख्छ त्यही घोच्छन् घाउ मिल्यो भने

जिउन मुस्किल छ यो शहरमा नारि भएकै कारण
सारा धन्दा छाडि जान्छु आफ्नै गाउ मिल्यो भने

रामकृष्ण अनायास

Leave a Reply

Your email address will not be published. Required fields are marked *