Skip to content

लुकी लुकी नजर उतै


लुकी लुकी नजर उतै लगाउनु को मज्जा
बेग्लै हुन्छ जिस्क्याउदै फकाउनुको मज्जा

एक अर्काको नाम लेख्दै हिड्यौ ढुंगाभरि
त्यहीँ बसेर आउँथ्यो जुठो चखाउनुको मज्जा

कैयौं पटक भरें सिन्दुर बालुवामा खेल्दा
बेहुली बनी रुदा हुन्थ्यो हँसाउनुको मज्जा

हाम्रो माया साँची राख्न कैयौ पटक जादा
आनन्दले लिन्थ्यौ मन्दिर धाउनुको मज्जा

#रामकृष्ण अनायास

Leave a Reply

Your email address will not be published. Required fields are marked *