तप्प-तप्प अँश्रुधारा चुहाएर गयौ
मलाई छाडी त्यै आँसुले नुहाएर गयौ
गुमाउनु पर्दा मुटु पोल्छ भित्र भित्र
त्यसै बेला कोमल मुटु छुवाएर गयौ
खुशीहरू एकाएक बिछोडमा भूल्दा खेरि
वेदनाको चर्को पीडा लुकाएर गयौ
नछुट्टिने साइनो हाम्रो छुटायर जादा
जाने बेला टिलपिल आँसु सुकाएर गयौ
भरतपुर रामकृष्ण पौडेल ”अनायास”
गजलकुञ्ज भरतपुर
