Skip to content

म मर्दा प्यारी


म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर

आफन्त सबै बैरी नै बन्छन बिधवा देक्दा त !
आफ्नैलाई टोकीभन्दा नि फेरि नबोल्नु बिर्सेर

एक्लै छु भन्दै टोलाउदै आखिर नबस पिंडामा
माथाको सिन्दुर लगाउन तिम्ले नछोड्नु बिर्सेर

धर्म र सस्कार कुरीति अनि गाउँको चलनले
नदेलान् लाउन हातको चुरा नफोर्नु बिर्सेर

रामकृष्ण पौडेल ”अनायास”
गज़लकुञ्ज, भरतपुर चितवन

(कैलालीका सहिद प्रहरी जवानको आग्रह)

Leave a Reply

Your email address will not be published. Required fields are marked *