Skip to content

सायद ती ओठहरू अब


सायद ती ओठहरू अब मुस्कुराउने छैन
पक्कै तिज आउछ जान्छ दिदी आउने छैन

आफ्नै अस्तित्वो जलाएर अरुलाई पोल्दैछन्
छातीमै भाला रोपुन तर म शिर झुकाउने छैन

ज्यानमाराहरू खुलेआम सडकमा हिड्दा खेरि
जन्ता धिक्कार्दै भन्छन् यस्ले बाँच्न पाउने छैन

सरकार मौन बस्नुको कारण केही हुनु पर्छ होला !
जे होस् मेरो माटोमा बिदेशीले झण्डा फुकाउने छैन

‘सत्यको विजय हुन्छ’ उहिले भगवान् कृष्ण भन्थे
यहाँ असत्य हावी हुदा निर्धोले खुशी मनाउने छैन

रामकृष्ण पौडेल ”अनायास”
गजलकुञ्ज,भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *