Skip to content

उस्ले पनि ठुलो सपना देखेको हुँदो हो


उस्ले पनि ठुलो सपना देखेको हुँदो हो
आमा भन्दै बाँच्न गोलि छेकेको हुँदो हो

मार्नु अघि आफ्नो छोराछोरि सम्झनु पर्थ्यो
कठै त्यो बालक पनि हाँस्दै खेलेको हुँदो हो

भगवान् पनि देखेर मौन किन बस्दाहुन
कुनै दिन त उस्ले मन्दिर टेकेको हुँदो हो

उस्को खुनबाट चन्द्र सूर्य यसरी बन्दा
भाग्यमै पहिलो बालशहिद लेखेको हुँदो हो

अपराधी खुलेआम भाषण गर्दैछ सदनमा
कस्तो बन्छ खै त्यस्ले पनि संविधान केरेको हुँदो हो

रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज,भरतपुर

(कैलालि घटना बालक महीने टेकेन्द्र साउद प्रति )

Leave a Reply

Your email address will not be published. Required fields are marked *