बा-आमा त्यागी आएँ सानैमा तिमी नै सर्वस्व ठानेकी थिएँ
बुहार्तन हप्की खेपेर पनि आदर र सत्कारले मानेकी थिएँ
के कमी भयो र? छेड्यौ यो मुटु बाँचेमा जीवनको अन्तिमैसम्म
राख्नेथेँ शीर पाउमा तिम्रो बुहारी धर्म त जानेकी थिएँ ।।
स्वच्छ माया मात्र दिन्थ्यो आज छिस्मिस् खुवाउँदैछ
माया गरे जस्तो गर्छ तर रिस खुवाउँदैछ,
नानाभाँती भन्छ अरे दुनियाँ सामु मेरो बारे
तड्पाएरै मार्छ अरे मन्द मन्द बिष खुवाउँदैछ ।।
उसको भाग्य नअडाउने डोको भएँ रे
पीर, ब्यथा, बिस्मातको पोको भएँ रे
मेरो साथ लाज भो रे उसलाई बाटोमा
अर्धाङ्गिनी भन्थ्यो आज को-को भएँ रे ।।

उषा न्यौपाने ज्यूको तीन मुक्तकहरू
उसको भाग्य नअडाउने डोको भएँ रे
पीर, ब्यथा, बिस्मातको पोको भएँ रे
मेरो साथ लाज भो रे उसलाई बाटोमा
अर्धाङ्गिनी भन्थ्यो आज को-को भएँ रे ॥
वाह !!
धन्यवाद!