उड्दै थिएँ पंक्षी सरी वेग मारी भीरबाट
जालमा पारी प्वाँख लुट्यौ कुल्चिंदैछौ शीरबाट
दि-स्वप्नमा हराई रमाऊ झारिदिएँ खोंचमा भनी
बुझें मैले जीवनको रीत कल्कलाउने तीरबाट
टोलाउँदैन नदी कहिल्यै उसले दिएको बहार हेरी
सुखद झिल्को टल्किदिन्छ पारदर्शी पीरबाट
हतास गर्नु हुन्न कहिल्यै लक्ष छुन गन्तब्यमा
लटरम्म रूखलाई पढ उसको अतित चीरबाट
कुमालेको चक्र न हो जिन्दगी त घुमिरहन्छ
एकदिन काफी हुन्छन् यी हात झिक्न तिमीलाई झीरबाट
उषा न्यौपाने
झापा, नेपाल ।
