शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ
आफैं टाढा हुँदा मंगल धूनले रुवाउँदैछ ।।
कमेरो र रातो माटो लाउँदै हुन्थें घरमा
बिरानो यो शहरको चूनले रुवाउँदैछ ।।
खुशीभित्र लुट्पुटियो होला सिङ्गै बस्ती
मेरो झुप्रो ऋणमा, भुटुन नुनले रुवाउँदैछ ।।
यही बेला आउँछन् अरे साहू पैसा माग्न
मजबुरीमा आज उनकै गुणले रुवाउँदैछ ।।
पीडा मनमा लुकाई हास्न खोज्दा नानीहरू
अवाक छु आज तिनकै छुन्मुनले रुवाउँदैछ ।।
शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ
आफैं टाढा हुँदा मंगल धूनले रुवाउँदैछ ।।

hajur ta bises maa bhaye
hajur ta bises maa bhaye jasto 6ni ek garib ko garibi ko katha lekhnu bhayeko 6
subhakamana 6 mero tapai lai
raamraa sabda haru ko sangalo
raamraa sabda haru ko sangalo garnu bhako hari6
behad sundarrr
behad sundarrr