Skip to content

प्रेम माला उन्दै


प्रेम माला उन्दै किन भेट्न बोलायौ ?
पासो थाप्दै पिरतीको रेट्न बोलायौ

के नै थियो दिन फेरि जिउँदो लाशमा ?
लुटिसकी नाम निशाना मेट्न बोलायौ

विना कसुर ‘अपराधी’ तक्मा भिराई
ईज्जतिलो बनेर लखेट्न बोलायौ

मान्छे-मान्छे भित्र भेदको जाल फिंजाई
कुसंस्कारी कैंचीले रगेट्न बोलायौ

सयर गरौं मायाभित्र भन्थ्यो चाहले
मनचरीको पंख झिरमा लेट्न बोलायौ

उषा न्यौपाने

1 thought on “प्रेम माला उन्दै”

Leave a Reply

Your email address will not be published. Required fields are marked *