विश्व हत्केलामा राख्छु भूजाल भन्दैछ
प्रेम र शान्ति अटेन यहाँ महल भन्दैछ
यो पात, फूल, ढुंगा, मुढा, पहाड सबै बराबर
देखाउनेछ हिमपहिरोले हिमाल भन्दैछ
‘हे चाँद तिमी जस्तै छु म’ भन्दा बालुवाले
मात्र एकफेर छोई हेर्छु बादल भन्दैछ
कैयौं दिन एक्लै रुँदा रमिता हेर्थ्यो बाटो
एक ओठ हाँसो पोख्दा आज पागल भन्दैछ
उषा न्यौपाने
झापा नेपाल
हाल- इजरायल

nice
Ramro 6.