प्रेमको कामनाको यस्तै भक्ति

  • by


प्रेमको कामनाको यस्तै भक्ति सदा संस्कार बनोस्
शान्ति, सद्भाव, ममता, प्यारको जीवन अलंकार बनोस् ।

संसार उजाड मात्र हुन्न, प्राकृत कला हो यो साउन
पतझड पार्ने शीशिरमाथि मेघको यस्तै हुंकार बनोस् ।

सह्रा जगत अडेको छ पञ्च तत्व प्रावधानमा
विध्वंसका बाटामा यी तत्व प्रतिकार बनोस् ।

हरीत रंग झैं दृश्यहरू सधैं कोमल बनिदिउन्
प्राणी रक्षा खातिर आस्था, विश्वासको ठोस् आकार बनोस् ।

चूरा जस्तै सानो चोटले ध्वस्त हुन्छ जीवन तर
यही चूराको छुनमुन संगीत सौभाग्यमा झंकार बनोस् ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *