तीन मुक्तकहरू (म, हुन्छ र, भन्यौ)

  • by


धेरै दिनपछि फेरि तिम्रा पत्र हेर्दैछु म
अतितका याद बल्झी अलपत्र पर्दैछु म
मायाका यी शब्दहरू मुटु छेड्ने बाँण भएछन्
शब्द-बाँण भाँच्न आँशु यत्र तत्र छर्दैछु म ।।

हृदय खोली माया गर्नु पाप हुन्छ र ?
सम्पत्तीमा प्रेमै प्रेमको खाप हुन्छ र ?
मनले मनलाई अँगालेको चोखो अमर प्रीतभित्र
कथित भेदका पर्खाल, औंठाछाप हुन्छ र ? ।।

चम्किदैथ्यौं एक-अर्काको प्यारभित्र हीरा भन्यौ
स्वार्थी रैछ माया आज बत्ती खोज्ने कीरा भन्यौ
प्रेमको फूल चढाएर त्यो पाउलाई छुन खोज्दा
आँगालोमा राधा देखाई तिमी मेरै मीरा भन्यौ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *