(१)
टाउकोमाथि कुल्चिँदा नि सहिरहेँ डाँस झैं भयौ
अत्याचारमा मौलाएर मलसाप्राको घाँस झैं भयौ
जे गरे नि हुन्छ भन्दै साँढे बनी डुक्री हिंड्दा
आकासिएको टुप्पो तान्दा पड्किएको बाँस झैं भयौ ।।
(२)
एउटै धर्ती-आकासमुनि हुन सकिन
बादलमा उडी तिमीलाई छुन सकिन
बाँच्नै पर्ने बेदनाले तड्पिएर मर्दै
हामी बीचको मैलो पर्दा धुन सकिन ।।
(३)
घाम पानी धर्ती रुझ्दा प्रकृति सुवास मीठो
कालो धनको त्रास भन्दा झुपडीको बास मीठो
मेला, पानी, पँधेराको शान्ति कहाँ पाउनु यहाँ ?
साथै भए सुख-दुख ढिंडोको नै गाँस मीठो ।।
