अहो ! कस्तो अनर्थ यो घरमा नैनी पसिरा’छ
मेरो मदन भड्काउँछु भनी कम्मर कसिरा’छ
नानाभाँती फलाकेर गोही आँशु झारिदिँदा
असत्यलाई सत्य भन्दै आकाशवाणी खसिरा’छ
बृद्ध रोगी बाबा-आमा भक्कानिंदै घुँक्क गर्दा
नौटंकी यो अर्कोपट्टि फर्की किच्च हाँसिरा’छ
‘तेरो सिंगो बस्ती डढाई भस्म पारिदिन्छु!’ भन्दै
कस्तो चाला पुल्ठो लिई आफ्नै घरमा झोसिरा’छ
हजारौंको गुण भत्काई मुना मुना निमोठेर
हरे ! कस्तो पापी हेर फेदमै आरा धसिरा’छ
‘कुटुनीका शब्द प्रिये झुठा हुन् है!’ भन्दा मैले
उसको साक्षी शब्दकोषै उल्टाउन बसिरा’छ ।

रचना अति व्जस्बी छ उसा जी
रचना अति व्जस्बी छ उसा जी