नेपाली भाषाको शब्द-ढुकुटी
पारसमणि शम

0 परिचय
भाषामा शब्दहरू सीमित र निश्चित हुन्छन्‌ तर वाक्यहरू भने असीमित हुन्छन्‌। कुनै पनि भाषामा दुइजनाको वार्तालाप घण्टौंसम्म अविराम रूपमा हुनसक्छ। कसैले पनि बोल्दा-बोल्दै बीचमै शब्द सकिएर वार्तापाल रोकियो भनेको सुनिएको छैन र सुनिँदैन पनि। भाषामा सीमित र निश्चित शब्द भए पनि मानिसले आफ्नो अभिव्यक्तिमा ती शब्दहरूलाई विभिन्न रूपमा प्रयोग गरिरहेकै हुन्छन्‌। समय-समयमा नयॉं शब्दहरूको प्रयोग र निर्माण अनि पुराना शब्दहरू प्रयोगविहीन बन्दैजान्छन्‌। कुनै पनि भाषा कतिसम्म समृद्धशाली छ भन्ने कुरो त्यसको शब्द-ढुकुटीमाथि निर्भर रहन्छ। शब्द-ढुकुटी भन्नाले भाषाको शब्दभण्डार बुझिन्छ।

0 शब्दतत्त्व
शब्दतत्त्व भाषाको महत्वपूर्ण एकाइ हो। भाषिक कथन वाक्यका रूपमा व्यक्त हुने भए पनि शाब्दिक एकाइको संयोजनबाट वाक्य बन्दछ। कुनै पनि भाषाको समृद्धता र सम्पन्नतालाई शब्द-ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ। भाषामा शब्दतत्त्व सीमित र निश्चित हुन्छ तर वाक्यहरू भने असीमित हुन्छन्‌। जुन भाषा शब्दतत्त्वको विस्तारका दृष्टिले बलियो छ, त्यस भाषाका वक्ताहरूको संस्कृति, परम्परा, जीवनपद्धति र मानवीय व्यवहार पनि त्यति नै विस्तृत हुन्छ।

0 शब्द-ढुकुटीको अभिवृद्धि
कुनै पनि भाषामा सबै शब्दको प्रयोग सम्भव छैन। भाषामा कतिपय पुराना शब्दहरू प्रयोगबाट हराउँदैजान्छन्‌ भने नयॉं शब्दहरू प्रचलनमा आउँदैजान्छन्‌। शब्दहरूको प्रयोग विभिन्न अर्थमा पनि गरिन्छ। सयमको विकासको गतिमा भाषाका नयॉं शब्द निर्माण र प्रयोग हुन्छन्‌ भने अन्य भाषाहरूबाट पनि शब्द सापटी लिएर शब्द-ढुकुटी भरिँदैजान्छ। आज विश्व जति-जति नजिकिँदैछ, उति-उति नै भाषाहरू एकअर्काको प्रभावमा आइरहेका छन्‌। यसले नयॉं भाषाका नयॉं शब्दहरूलाई आफ्नो भाषामा लिने क्रमलाई पनि बढाएको छ। शब्द-ढुकुटी अभिवृद्धि कतिसम्म आवश्यक छ भ़न्ने कुरो अङ्‌ग्रेजी भाषाले प्रत्येक वर्ष हजारौं शब्द अरू भाषाबाट लिएर आफ्नो शब्द-ढुकुटी भरको तथ्यबाट स्पष्ट हुन्छ। समय, परिवेश र परिस्थितिअनुसार कहिलेकाहीं भाषामा अन्य भाषाका शब्दहरूलाई ग्रहण गर्न आवश्यक पनि हुन्छ। यसर्थ शब्द-ढुकुटी अभिवृद्धिका प्रमुख कारणहरूयस प्रकार छन्‌ः-

0 ज्ञानविज्ञानको विकास
मानव समाजको विकास र सभ्यतासॅंगसॅंगै ज्ञान, विज्ञान र प्रविधिका क्षेत्रमा पनि विकास हुँदैजान्छ। नयॉं क्षेत्रको विकास भएपछि खोज, शोध र अनुसन्धानबाट प्राप्त नयॉं विचारलाई अभिव्यक्त गर्न सम्पन्न भाषाबाट शब्द पैंचो लिएर आफ्नो भाषाको शब्द-ढुकुटी भर्नुपर्ने हुन्छ। यस प्रकारको आवश्यकता र बाध्यताले भाषाको शब्द-ढुकुटी सम्पन्न बन्दै जान्छ। नेपाली भाषामा ज्ञान, विज्ञान तक्निकी र प्रविधिसम्बन्धी नयॉं कुरा र विचारलाई व्यक्त गर्नका निम्ति संस्कृत र अङ्‌ग्रेजीका साथसाथै हिन्दी र अन्य भाषाबाट शब्दहरू सापटी लिएर शब्द-ढुकुटी भरिइन्छ। विशेष गरी संस्कृत र अङ्‌ग्रेजी भाषाबाट यस्ता कुरा बुझाउन शब्दहरू सापटी लिने गदरिएको छ। जस्तैः-
कम्प्युटर, टेलिफोन, टेलिभिजन, दूरभाष, दूरदर्शन, मोबाइल, कि-बोर्ड, रकेट, एण्टेना, रिमोट, बल्ब, मशीन, रेडियो, ई-मेल, फ्याक्स, टेलिग्राम, एसएमएस, वेबसाइट, लग्‌अन, वैश्वीकरण, भूमण्डलीकरण, हरितगृह प्रभाव, पर्या-पर्यटन, सिमकार्ड, हयाण्डसेट, रि-फिलिङ, ब्याङ्‌ आदि।

0 राष्ट्रियताका कारण
राष्ट्रिय चेतनाको विकासबाट पनि भाषिक शब्दभण्डारमा अभिवृद्धि हुन्छ। संसारका थुप्रै राष्ट्रहरू स्वतन्त्र भएपछि राष्ट्रभाषाका साथसाथै साना ठूला सबै भाषा विकास र विस्तारमा दत्तचित्त भएर लागेका पाइन्छन्‌। भारतमा नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा सामेल भएपछि यस भाषाको विकासका लागि राष्ट्रिय स्तरमा पहल हुँदैआएको छ। नेपाली भाषालाई राष्ट्र भाषाको समकक्षमा खडा गर्न नयॉं शब्दहरूको आगमनलाई खुल्ला हृदयले स्वागत गर्दै जातीय राष्ट्रिय गौरवको अनुभव गरिँदैछ। आफ्नो भाषालाई समृद्धशाली बनाउने प्रयासमा नयॉं शब्दहरूद्वारा नेपाली भाषाको शब्द-ढुकुटी बढ्‌दैगएको छ। नेपाली भाषा भारत र नेपालको राष्ट्रिय भाषा भएकाले भारतमा पनि नेपाली बहुल क्षेत्रमा यो कार्यालयीय भाषा अनि प्रमुख मध्यम भाषा अथवा सम्पर्क भाषाका रूपमा प्रयोग गरिन्छ। यसरी नेपाली भाषाको प्रयोगको विविधताले नयॉं-नयॉं शब्दहरूको आवश्यकता पर्दैजान्छ। ऐन-कानूनदेखि लिएर विविध सरकारी दस्तावेदहरूमा नयॉं शब्दहरूको प्रयोग भएको देखिन्छ। जस्तैः-
लोकतन्त्र, अनापत्ति, अध्यादेश, प्रभारी, सचिव, स्पीकर, विधानसभा, सांसद, संविधान, सभा, ग्रामसभा, जनतामेला, विकास अधिकारी, कलेक्टर, मेजिस्ट्रेट, जज, जुरी, दण्ड संहिता, विधिको राज आदि।

0 अन्य भाषाभाषीसॅंगको सम्पर्क
शब्द-ढुकुटीको अभिवृद्धिमा अन्य भाषाभाषीसितको सम्पर्क पनि अर्को महत्त्वपूर्ण कारण हो। निरन्तर सम्पर्कका कारणले भाषाभाषीहरू बहुभाषिक बन्दछन्‌। यसरी धेरै भाषाको ज्ञान आर्जनपछि एउटा भाषामा कुरा गर्दा अन्य भाषाका शब्दहरूको समेत प्रयोग हुनेगर्दछ। यसरी अन्य भाषाका शब्दहरू प्रयोग गर्दा-गर्दै त्यस्ता शब्दलाई त्यस भाषिक समुदायले आफ्नै प्रकारले प्रयोग गर्न थाल्छ, पचाइदिन्छ। कतिपय शब्द त आफ्ना भाषामौ नपाइएको हुँदा अरू भाषाबाट लिनुपर्ने बाध्यताले पनि शब्द-ढुकुटीमा अभिवृद्धि गरिरहेको हुन्छ। भाषासॅंगै संस्कृति पनि जोडिएर आउने हुँदा अन्य भाषाभाषीहरूसितको सम्पर्क हुँदा सांस्कृतिक सामञ्जस्य हुन्छ। यसरी सांस्कृतिक सामञ्जस्य हुँदा शब्दहरू एकअर्कामा साटासाट पनि हुन्छन्‌। नेपालीहरू भारत र नेपालसितै भोटाङ, बर्मा, पूर्वी एशिया, चीन, मध्य एशिया, युरोप र अमेरिकाका आदि ठाउँमा विस्तारित छन्‌। यसरी विस्तारित हुँदा आफ्नै भाषिकाका साथसाथै अन्य स्थानीय भाषाहरूबाट थुप्रै शब्दहरू नेपालीभाषीहरूले ग्रहण गरेका छन्‌। नेपाली भाषालाई मङ्गर, नेवार, लिम्बू, राई, थामी, सुनुवार, भोटिया, लेप्चा, गुरूङ, थारू आदिले पनि मातृभाषा अथवा अनिवार्य सम्पर्क भाषाका रूपमा प्रयोग गर्नथालेका छन्‌ भने यी जाति गोष्ठीका आ-आफ्नै भाषा भएको हुनाले नेपाली भाषामा ती भाषाका शब्दहरू स्वतः आउन स्वाभाविक नै हो। अन्य भाषिक समुदायका संस्कृतिलाई नेपाली भाषीहरूले ग्रहण गर्दै जॉंदा पनि ती भाषाभाषीको संस्कृतिमार्फत्‌ नेपालीमा थुप्रै शब्द आएका छन्‌। भारतमा नेपाली भाषीहरूको बसोबासो बङ्गाली, असमिया, मिजो, मणिपुरी, बिहारी, हिन्दी भाषी आदिसित भएकोले नेपालीमा ती भाषाका शब्दहरू पनि स्तवः आउन स्वभाविक हो। अझ रोजगारको खोजीमौ मध्य एसिया, पूर्व एसिया, युरोप, अमेरिका आदि देशमा पुगेका नेपालीहरूले त्यहॉंका भाषाका शब्दलाई पनि आफ्नैसरह प्रयोग गर्ने गरेका छन्‌। यसर्थ अन्य भाषाभाषीसितको सम्पर्कले शब्द-ढुकुटी विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा आएका यस्ता केही शब्दहरू-
टेस्ट, किनेमा, ममो, थुक्पा, अखबार, आबादी, मुन्दुम, फेदाङबा, प्लेग, घुसपैठ, तौलिया, गिफ्ट, जूडो, कराते, चौमिन, हमला, डिस्को, केसिनो, गाखिर, चालू, रफूचक्कर, हिस्सा, गलैंचा आदि।
0 भाषिक स्रोतप्रतिको सचेतता
आफ्नो भाषा जुन स्रोतबाट विकसित भएको हो, त्यस स्रोतबाट सकेसम्म शब्द-ढुकुटी ग्रहण गर्ने सबै भाषिक समुदायमा प्रबल इच्छा हुन स्वाभाविक हो। आफ्नो भाषिक स्रोतबाहेक अरू स्रोतबाट शब्द सापट लिन कुनै पनि भाषिक समुदाय चॉंडै तयार हुँदैन। आफ्नो स्रोतबाट आवश्यक नभए पनि शब्द सापट लिन भाषिक समुदाय पछि रहॅंदैन। आफ्नो भाषिक स्रोत बलियो छ भने अरू स्रोतबाट शब्द सापट लिन कसैलाई पनि मन लाग्दैन तर नलिई नहुने स्थितिमा मात्र अन्य स्रोतबाट शब्द सापट लिइन्छ।
नेपाली भाषाको स्रोत संस्कृत हो। नेपाली भाषामा संस्कृतबाट असंख्य शब्दहरू सापट लिइएका छन्‌ अनि यो क्रम लगातार बढिरहेको छ। जतिसक्दो नयॉं कुरो बुझाउनका लागि पहिला संस्कृतमै शब्दहरू खोज्ने चलन रहेको छ। संस्कृतले पनि उक्त नयॉं कुरोलाई बुझाउन नसकेका खण्डमा मात्र अन्य स्रोतबाट शब्द सापट लिइन्छ। नेपालीमा संस्कृतबाट शब्दहरू दुइ प्रकारले आएका छन्‌-1. संस्कृतबाट हुबहु अनि 2. केही परिवर्तित भएर।
संस्कृतबाट नेपालीमा हुबहु मूल रूपमै आएका शब्दलाई तत्सम्‌ शब्दभनिन्छ भने संस्कृतबाट केही परिवर्तित र संशोधित भएर आएका शब्दलाई तद्‌भव भनिन्छ। नेपालीमा प्रचुर मात्रमा तत्सम र तद्‌भव शब्दको प्रयोग चलिरहेको छ, बढिरहेको छ।

0 खेलकूदका माध्यमद्वारा
आजको विश्वलाई एकै सूत्रमा बॉंध्न खेलकूदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। ओलम्पिक खेलकूद, एसियाली खेलकूद, विश्वकपजस्ता खेल आयोजनाले विश्वबन्धुत्वका साथसाथै आपसी प्रेम र राजनैतिक विद्वेषलाई समेत समाप्त गरी राष्ट्र-राष्ट्रलाई अनि विभिन्न देशका नागरिकहरूलाई एउटै परिवारमा बॉंध्ने काम गरिरहेको छ भने अर्कोतिर राष्ट्रियताको भावना विकसित गरिरहेको छ। जुन राष्ट्रले खेलकूदका क्षेत्रमा उल्लेखनीय प्रगति गर्छ, त्यसको गरिमा र गौरव बढेको सर्वत्र महसुस हुन्छ। यसर्थ खेलकूदका क्षेत्रमा प्रत्येक जाति र समुदायले आफ्नो राष्ट्रका लागि योगदान दिने प्रबल इच्छा राखेको हुन्छ। नेपाली भाषीले पनि विभिन्न परम्परागत खेलका साथसाथै आधुनिक खेलकूदलाई पनि उत्तिकै महत्त्व दिँदैआएका छन्‌। फूटबल, भलिबल, ब्याडमिण्टन, टेनिस, क्रिकेट आदि अनेकौं खेलकूदलाई नेपाली भाषीहरूले स्वागत गर्दैआएका छन्‌। यसरी यी आधुनिक खेलकूदमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्दहरूलाई नेपालीले स्वतः ग्रहण गरेको देखिन्छ। यसरी खेलकूदले पनि नेपाली भाषाको शब्द-ढुकुटी अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। जस्तै-
स्म्यास, सट, हीट, बोल्ड, विकेट, गोल, गोल किक, कर्नर, फल्ट, ड्युस, म्याच पोइण्ट, ह्वाइट, नोबल, ब्लग, आउट, जज, अम्पायर, रेफ्री, कीक, बक्सिङ, सूटिङ, ओलम्पिक गेम्स, एसियन गेम्स, वर्ल्ड कप, मेडल, च्याम्पियनशीप, ट्रफी, कोर्ट, ग्राउण्ड, आउट डुअर, इनडुअर, आर्चरी, स्वीमिङ, लङजम्प, हाईजम्प, सटपुट, डिस्कस थ्रो, थ्रो, रनआउट आदि।

0 सञ्चार माध्यमको विकास
विश्वलाई सञ्चार माधयमको विकासले अझ नजीक बनाएको छ। पलभरमै विश्वका विविध घटनाको जानकारी मानिसले प्राप्त गर्छ। सञ्चारमाध्यमको विकासद्वारा मानिसले विविध ज्ञान आर्जनका साथसाथै मनोरञ्जन, आनन्द पनि लिइरहेको हुन्छ। नयॉं ज्ञान र मनोरञ्जन लिने क्रममा मानिसले थाहै नपाई सञ्चार माध्यमले चलाएको भाषाका शब्दहरू ग्रहण गर्दैजान्छ। यसरी ग्रहण गर्ने क्रममा उसको भाषाको शब्द-ढुकुटीमा पनि अभिवृद्धि भइरहेको हुन्छ। सञ्चार माध्यमका विविध रूप-मोबाइल, इण्टरनेट, टेलिभिजन, सिनेमा, रेडियो, कम्प्युटर आदिले मानिसलाई आज बॉंधेर राखेको छ। कम्प्युटर र इण्टरनेटका अतिरिक्त बहुरराष्ट्रिय मीडिया, जस्तै-बीबीसी, सीएनएन, सीएनबीसी, स्टार, नेशनल जोग्राफी, डिस्कवरी, एमटीभी, च्यानल भी आदिको प्रसारणमा पनि अङ्‌ग्रेजीको वर्चस्व कायम छ। विशेष गरी मोबाइल, इण्टरनेट, रेडियो, एफएम, टेलिभिजन, सिनेमा आदिमा प्रयोग हुने भाषाबाट मानिसले थाहै नपाई शब्दहरू ग्रहण गरिरहेको हुन्छ। नेपाली भाषामा यसरी ग्रहण गरिएका थुप्रै शब्दहरू पाइन्छन्‌। जस्तै-
चकदे इण्डिया, रियालिटी शो, एसएमएस, ई-मेल, वल्ड वाइड वेब, इण्डियन आइडल, डिस्ने वर्ल्ड, साइबर संस्कृति, अनलाइन, ग्लोबल भिलेज, मेगावाइट मेमोरी, मदरबोर्ड, माउस, हेण्डीकेप्ड, अल्कोहलिक्स, एडभरटाइजमेण्ट, मास मीडिया, एड्‌मास, च्यानल, सीरियल, क्यामेरा मेन, हवाला, फतवा, तलाक, भाउचर, कम्प्युटरीय, ग्लोबीकरण, शेयर बजार, पंगाबाजी, दन्तडाक्टर, विद्युत बोर्ड, रेडियो मिर्ची, स्पोट परीक्षण, धमाका सेल, परफेक्ट स्वाद, मिट मसाला, मजदूर युनियन, हार्ड डिस्क आदि।

0 नेपाली भाषाको शब्द-ढुकुटी
नेपाली भाषाको शब्द-ढुकुटीलाई मुख्यतः तीन वर्गमा विभाजन गर्नसकिन्छ। 1. मौलिक, 2. आगन्तुक र 3. देशज वा झर्रा शब्द। यद्यपि, नेपली भाषामा तत्सम, तद्‌भव, आगन्तुक र झर्रा गरी मुख्यतः चार प्रकारका शब्दहरू पाइन्छन्‌। नेपाली भाषाको शब्द-ढुकुटीको अभिवृद्धिमा यी चार प्रकारका शब्दहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ। नेपाली भाषाका शब्द-ढुकुटीलाई निम्न चित्रमा यसरी हेर्न सकिन्छ-

नेपाली शब्द-ढुकुटी

मौलिक——————–आगन्तुक—————झर्रा
। । ।
। । ।
तत्सम —-तद्‌भव देशज——विदेशज ठेट

0 मौलिक शब्द
संस्कृतबाट सोझै नेपालीमा अनि संस्कृतबाट प्राकृत आदि भाषा हुँदै केही परिवर्तित र विकृत रूपमा नेपाली भाषामा आएका शब्दहरूलाई मौलिक शब्द भनिन्छ। संस्कृतबाट सोझै नेपालीमा आएका शब्दहरूलाई तत्सम्‌ अनि परिवर्तित रूपमा आएका शब्दलाई तद्‌भव भनिन्छ।

0तत्सम्‌ शब्द
संस्कृत नेपाली भाषाको स्रोत हो। संस्कृत, प्राकृत, अपभ्रंश हुँदै नेपाली भाषाको विकास भएको मनिएको छ। नेपाली भाषाको स्रोत भाषा संस्कृत भएकाले “तत्सम्‌ शब्दको “तत्‌’ अर्थात त्यो शब्दले संस्कृत भाषालाई सङ्केत गरेको छ। यहॉं “सम्‌’ – को सोही हो। त्यसैले “तत्सम्‌’ शब्दले “उही संस्कृत शब्द’ भन्नेलाई जनाएको छ। संस्कृतमा प्रयुक्त शब्दहरू उही रूपमा, कुनै पनि ध्वनितात्त्विक परिवर्तन नभई जस्ताको तस्तै नेपाली पनि प्रयुक्त भएका छन्‌ भने त्यसता शब्दलाई तत्सम्‌ शब्द भनिन्छ। नेपालीका केही तत्सम शब्द यसप्रकार छन्‌ः
बल, भाग, सवक, लेखक, सौन्दर्य, भोजन, गमन, रमणीय, योगी, उक्त, पूर्णशुष्क,गद्य, हास्य, कृति, क्षति, दया, राजा, भिक्षा, तृप्ति, नीति, शिक्षक, बालक, जनता, राष्ट्रिय, श्रईमान्‌, राक्षस, मौन, श्रद्धा, धार्मिक, मौसिक, मानसिक, शारीरिक, वैदिक, दुःखित, गोष्ठी, गरिमा, बलिष्ट, धनी, प्राचीन, नगर, शीतल, मातृवन, गुणवान, चरित्रवान्‌ तेजस्वी, यशस्वी, अक्षरशः, आत्मीय, उत्तम, अन्यत्र, माधुर्य, मित्रता, आवश्यकता, स्वर्णमय, आयुष्मान, सौन्दर्य, वाणिज्य आदि।

0 तद्‌भव शब्द
तत्‌ र भव दुइ शब्द मिलेर बनेको शब्द हो “तद्‌भव’। यहॉं प्रयोग गरिएको शब्दले पनि “संस्कृत’-लाई नै सङ्केत गरेको छ। “तत्‌’- ले “त्यसबाट वा संस्कृतबाट’ ऱ “भव’-ले”भएको वा विकसित भएको’ भ़न्ने कुरालाई सङ्केत गरेकोछ। त्यसैले संस्कृत प्राकृत, अपभ्रंश हुँदैआएको शब्दलाई तत्‌भव शब्द भनिन्छ। संस्कृतबाट प्राकृत -अपभ्रंश हुँदै आउँदा ध्वनितत्त्वमा परिवर्तन भएका वा ध्वनितात्तिविक दृष्टिमा संस्कृत मूलभन्दा भित्र भएका तर त्यही स्रोतहबाट विकसित भएका शब्दलाई तद्‌भव शब्द भनिन्छ। यस्तो ध्वनितात्त्विक विकासका आधारमा तत्सम्‌ शब्दबाट तद्‌भव शब्दहरू बेग्लिन्छन्‌। नेपालीका केही तद्‌भव शब्दहरू यस प्रकार छन्‌ः

संस्कृत प्राकृत नेपाली तत्भव
पर्ण पण्ण पान
एकादश एकारस एघार
गल्प गप्प गफ
अक्षर आखर आखर
सप्तदश सत्तरह सत्र
व्याघ्र बग्घ बाघ
पत्र पत्त पात
अग्नि अग्गि आगो
अर्क अक्क आँक
कर्ण कण्ण कान
कर्मी काम्मी कामी
गर्भ गब्भ गाभ
घृणा घिण्ण घिन
चुक्र चुक्क चूक
पक्व पक्क पाको
गर्दभ दद्दह गधा
धर्म धम्म धाम
छर्द छद्द छाद
अद्य अज्ज आज
अमावसी अमुसी औंसी
उपाख्यान उक्खाणी उखान
चतुर्थी चउत्थी चौथी, आदि।

0 आगन्तुक शब्द
नेपाली भाषामा संस्कृतबाहेक अन्य थुप्रै भाषाबाट शब्द आएका छन्‌। यसरी संस्कृत स्रोतबाहेक अन्य स्रोतबाट आएका शब्दहरूलाई आगन्तुक शब्द भनिन्छ। आगन्तुक भनेको “आएका’ हो। अन्य स्रोतबाट नेपालीमा जस्ताको तस्तै अनि केही ध्वनितात्त्विक परिवर्तनका साथ शब्दहरू आएका छन्‌। यसरी सोझै र परिवर्तित रूपमा अन्य स्रोतबाट आएका शब्दलाई आगन्तुक शब्द भनिन्छ। स्रोतका आधारमा आगन्तुक शब्दलाई पनि देशज र विदेशज गरी दुइ वर्गमा विभाजित गर्नसकिन्छ। देशज भन्नाले देशभित्रकै अन्य भाषाबाट आएका शब्द अनि विदेशज भन्नाले देशबाहिरका अन्य भाषाबाट आएका शब्द बुझिन्छ। देशज भारोपेली, अग्रली, द्रविड, भोटबर्मेली परिवारबाट आएका शब्द हुन्‌ भने विदेशजमा बुरूशास्की, काकेशी, युराल,-अल्ताई, चीनियॉं, जापानी-कोरियाई, अत्युत्तरी र हाइपरबोरी, बस्क, हामी-हामी, बान्तू परिवार आदि परिवारबाट आएका शब्द बुझिन्छ।
यहॉं विभिन्न भाषाबाट नेपाली भाषामा आएका केही आगन्तुक शब्दहरूलाई प्रस्तुत गरिएको छ।

मङ्गर भाषा- दौरा, गुनिउँ, चोलो, डिङ्गा, पटुका, भिनाजु आदि।
गुरुङ भाषा – रोधीघर, घॉंटु, लुगुनी आदि।
नेवारी भाषा- जात्रा, चाकू, क्वॉंटी, झ्याल, जुजु, धौ, गुन्द्रुक, बेली विवाह आदि।
तामाङ भाषा- जॉंड-रक्सी, लाा, चयाङबा, आस्याङ, जोजो, मैच्याङ, पाराङ, थेबा, डम्फू इत्यादि।
लिम्बू भाषा- हाक्पारे, चिहान, मुन्धुम, किपट, लाप्पा, लोक्ते, गरियो, मानी, तोक्मा, वैदाङ, याक्सा, कुन्यूँ, सेवारो आदि।
मैथिली भाषा- पैनि, पटुवा, हाट आदि।
अरबी भाषा- अखबार, किताप, इनाम, हिसाब, गरीब, नगद, बहस, फाइदा मौसम, हाजिर, नहर, वकील, महल, दोकान, जहाज, हैजा, आखिर, जिनिस, तारिख, दुनियॉं आदि।
तुर्की भाषा- बाबा, बाबर्ची, चक्कू, तोप, तक्मा, तलाश, बहादुर, चकमक, लाश, चम्चा, सौगात आदि।
अङ्‌ग्रेजी भाषा- अस्तबल, स्कूल, स्टूल, स्टेशन, बाकस, फाइल, गिलास, डबल, लालटिन, कप्तान, सिग्रेट, जर्नेल, पत्लुङ, सितम्बर, दर्जन, आफिस, अफिसर आदि।
फारसी भाषा- गर्म, चाकरी, रास्ता, गुलाफ, याद, चेहरा, जागिर, पाइजामा, सरकार, मकान, सितार, गिरफ्तार, चलाख, जादू, ताजा, हप्ता, आवाज, लश्कर, जोश, चश्मा आदि।
पोर्तुगाली भाषा- चाबी, बटम, बटुको, गमला, साबुन, काफी, इस्त्री, आलमारी, विस्कुट, पादरी, फेटा, अलपीन, पिउन, कोपी, तमाखू, गोदाम, मार्तोल, इस्पात, मेज, सुन्तोला, अलकत्र, आदि।
ल्याटिन भाषा- प्रोफेसर, क्यालेण्डर, मिसन, कोटा, कोरम, अपरेटर, क्याम्पस, एजेण्डा आदि।
फ्रान्सेली भाषा- ब्लाउज, पुलिस, कार्टुन, कलेज, कूपन, इञ्जिनियर, रेस्टुरॉं, कण्ट्रोल, कर्फ्यू, उमेर, उजूर, रैती, प्याज, ज्यादा, मजदूरी, दलाल, आस्ते आदि।
जर्मन भाषा- फास्ट, आर्ट, प्रेसिडेण्ट, मिटर, प्रोबलेम, फिल्म, सेमिनार, फरेनहाइट आदि।
जापानी भाषा- हाइकु, बोन्साई, डान, दोजो, जूडो, सोमो, होण्डा, करॉंते, सुनामी आदि।
चीनियॉं भाषा- चिया, चिनी, चाउ चाउ, लिची, हर्रो, चाउमिन, तूफान आदि।
ग्रीसेली भाषा – एथलेटिक्स, ओलम्पिक, थेसिस, प्रोग्राम, थर्मस, सुरुङ, फिलोसफी आदि।
इटाली भाषा- ब्रोञ्ज, गेलेरी, केण्डी, पिज्जा, मेडल, स्टूडियो, सोडा, भायलिन आदि।
सतार भाषा- लौका, चारो, भेडो, बालु, मूडो आदि
मलायलम भाषा- माड।
बङ्गाली भाषा- गल्प, बृष्टि, कोरी, ठाकुरबाडी आदि।
तिब्बती भाषा- लोसासक सासिडिले, मोमो, थुक्पा, आई, आग्या, ला, लासो, पाला, आमाला आदि।
हिन्दी भाषा- अच्छा, कहानी, फाल्तु।
लेप्चा भाषा- खामरी।
असमीया भाषा- गाखिर, नाग्नु आदि।
बर्मेली भाषा- लुङ्गी, मुण्डा, उल्टीबेला, (बेलुकी) आदि।

0 झर्रा शब्द
झर्रा भन्नाले विशुद्ध नेपाली शब्द बुझिन्छ। यस्ता शब्दलाई ठेट शब्द पनि भनिएको छ। ठेट तथा झर्रा शब्दहरू नेपाली भाषामा मात्र बोलिने अथवा चलनचल्तीमा रहेका शब्द हुन्‌। केही झर्रा अनुकरणात्मक शब्द यस प्रकार छन्‌ः
जुरुक्क, मुसुक्क, मुसुमुसु, थुचुक्क, थ्याच्च, इवॉंक, फ्यात्त, फुत्त, हुत्त, लुरूक्क, फुरुक्क, हुरुक्क, तुरुक्क, लरक्क, फरक्क, जरक्क, मरक्क, फटाफट, धमाधम, फत्र्याक्क, सुरूप्प, डम्मक्क, ड्यास्स, डुस्स, कऱ्याककुरुक, लऱ्याकलुरुक, लुरूलुरू, हुरूरू, सुरूरू, सललल, झ्वाम्म, झ्याप्प, पिलिक्क, झिपिक्क, धपक्क, फिलिली, जिल्ल, म्याक्क, हुरूक्क, झनक्क, दनक्क, रापिलो, रन्का, झऩ्का, नङ्‌ग्रे, पाङ्‌ग्रे, टाटे, मरञ्च्यॉंसे, पिलन्धरे, लुतिखइरे, ज्यामिरे, गाण्टे, मिरिक्क, चिटिक्क, चिरिच्याट्ट, मरिहत्ते, फनफनी, तिरिरी, जमर्को आदि। 000

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *