Skip to content

साहित्यमा कविता विद्या

  • by

साहित्यमा कविता विद्या
साहित्यका विभिन्न विद्याहरु मध्ये कविता, अख्यान (कथा र उपन्यास), नाटक र निबन्ध मध्ये पूर्विय वा पाश्चात्य साहित्यिक जगतमा सबै भन्दा लोकप्रिय साहित्कि विद्याको रुपमा कवितालाई चिनिन्छ । साहित्य जगतमा कविता विद्या काव्यको नामबाट पनि परिचित छ । पूर्वीय तथा पाश्चात्य साहित्यमा प्राचीन कालदेखी नै काव्य शब्दको प्रयोग भएको पाईन्छ । समाजको कल्याण गर्ने भाव राख्ने साहित्यको महत्वपूर्ण शाखा काव्य हो । कविता शब्द ‘कवि+ता’ बाट निर्माण भएको हो । ‘कवि’ शब्दले रचनाकारलाई र ‘ता’ शब्दले कविद्वारा सिर्जित रचनालाई बोध गराउँदछ । कविता साहित्यको रागात्मक र लयात्मक भाषिक रचना हो । कवितालाई चिनाउने क्रममा पूविर्य तथा पाश्चात्य विद्वानहरुले आ–आफ्नै तरिकाले परिभाषित गरेता पनि समग्रमा कवितालाई लयात्म, विशिष्ट भाषाका माध्यमबाट भाव वा विचारको अभिव्यक्तिलाई सौन्दर्यमुलक संरचनामा संरचित कविको आफ्नो अनुभूतिको कोमलरचनात्म र कलात्मक सिर्जना नै कविता हो भन्न सकिन्छ ।
अन्य विद्या जस्तै कविता पनि आयम, आकार र प्रकारका दृष्ट्रीले मुक्तक (लघुत्तम) देखी महाकाव्य (वृहत्तर) सम्म फैलिएको छ । फुटकर कविता सुक्ष्म आयमको हुन्छ । गीत, गजल,मुक्तक , हाईकुलाई पनि फुटकर कविताका रुपमा हेर्न गरिन्छ । खण्डकाव्य र महाकाव्य कविताको वृहत्तर वा प्रबन्धात्मक रुप हुन । खण्डकाव्यमा जीवनको कुनै एक महत्वपूर्ण खण्ड वा भागलाई कथात्मक रुपमा प्रस्तुत गरिन्छ भने महाकाव्यमा जीवन र जगतको विराट् चित्रण गरिएको हुन्छ ।
समग्रमा कविको फुटकर रचना कविता हो भने कविताको आयम वृद्धि भई जीवनको कुनै खण्ड चित्रण गर्ने, पूण जीवनको चित्रण गर्ने, विना आयमको लामोम कवितासम्म विस्तारीत रुपलाई काव्य शब्दले बुझायँदछ । प्राचिनकालमा कवितामय सम्पूर्ण रचनालाई काव्य भनिएता पनि आधुनिक साहित्यमा काव्य शब्दले खण्डकाव्य, नव्यकाव्य, महाकाव्य तथा गीतिकाव्य भन्ने बुझिन्छ । जसले जीवन, जगत र त्यसका अनेक पक्षहरुलाई विभिन्न सर्ग वा खण्डमा प्रस्तुत गरेको हुन्छ । प्रस्तुति ः–सन्तोष तिमल्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *