Skip to content

मौलिकता भुल्दै तीजको गीत

  • by


तीज आउन अँझै आधा महिनै बाँकी छँदै सञ्चार माध्यमहरूमा तीजका गीतहरू घन्किन थालेको छ भने तीज पर्वको उपलक्ष्यमा विभिन्न साँस्कृतिक एँव सामूहिक दर खाने कार्यक्रमहरूको समेत आयोजना हुन थालेको छ । यति मात्र हैन शहर बजारका ब्युटी पार्लर र चुरा पसलहरूमा सौभाग्यको प्रतिक मानिने पोते, धागो, चुरा र सिन्दुरका अतिरिक्त फेन्सी पसल र सुन चाँदी पसलहरूमा समेत महिलाहरूको आवत जावतले अहिले देखी नै तीजको रोमान्चक बढाइदिएको छ । धार्मिक मिथकसँग जोडिएको हिन्दु नारीहरूको महान् पर्व तीज आउनु पूर्व नै यसको प्रभाव शहर बजारमा मात्र हैन गाउँघरहरूमा समेत रौनकता छाइसकेको छ । टलिभिजनका स्क्रीनमा देखिएका गीतका प्रोमोहरूले अँझ तीजकै दिनको जस्तै आभाष गराएको छ । तर पछिल्ला केही बर्ष यता तीजलाई लक्षित गरेर बजारमा निकालिएका गीत संगीतहरू यसको मौलिकतालाईभन्दा पनि ब्यावसायिकतालाई बढी जोड दिन थालिएको छ । आफ्ना गीतमा चर्चामा ल्याउन लागि तीजका गीतहरूमा पप र र्याप शैली भित्रिएको मात्र नभई गीतका शब्द, लय र भीडियोहरू समेत केही उत्शृङ्खलता र छाडापन भित्रिन थालिसकेको छ । आजकालका तीजका गीतहरूमा महिलाको कथाब्यथालाईभन्दा पनि भौतिक सुख सुविधाहरूलाई बढी जोड दिई परिवर्तन, राजनति र अधिकारका भाकाहरू गुनिजने गरेको छ ।

तीजका गीतले महिला अधिकारलाई स्थापित गर्ने कार्यमा सहयोग पुर्याएता पनि पछिल्लो समयमा भने विकृतिका रुपमा विकसित हुन थालेको छ । कुनै बेला तीजलाई महिलाहरूले तीज पर्वलाई बर्ष भरीको पीर ब्यथालाई साथी सङ्गीहरू माझ सुनाउने पर्वका रुपमा लिइन्थ्यो । त्यति बेलाका समाजले महिलाहरूलाई गरेको विभेद ग्रामिण समुदायका महिलाहरूको पीडाका शब्दहरलाई उतारेर तीजका गीतहरू गाइने प्रचलन थियो । समयको गति र नेपाली गीत संगीतका क्षेत्रमा भित्रिएको आधुनिकताबाट भने तीजका गीतहरू पनि अछुतो रहन सकेन । समाजका परिवर्तनसँगै तीजका गीतहरूमा समेत निकै रुपान्तरण भएको छ । अँझै पनि ग्रामिण समुदायका कतिपय महिलाहरू सामाजिक कुरीत, घरेलु हिंसाहरूबाट पिडित छन । उनीहरूले आफ्नो हक, हित र अधिकारलाई सुनिश्चित गर्न सकिरहेका छैनन । महिला माथि अन्यय र हिंसाका घटनाहरू दिन प्रतिदिन बढेको देखिन्छ । तर महिलाहरूकै महान पर्व रुपमा मनाइने तीजका भाका र गीतका शब्दहरूबाट महिला हिंसा र असमानता कथाब्याथा विस्तार विस्तार ओझेल पर्दै गइरहेको छ भने अर्कातर्फ तीज संस्कृतिबाट विकृति तर्फ रुपान्तरित हुदै गएको देखिन्छ । यदि तीजका भाकाहरूले सबै महिलाहरूको आवजलाई समेट्ने हो भने तीजको गीत संगीत भित्र कतै न कतै महिला यस्ता पीडाहरूलाई सम्बोधन हुनु पर्थ्यो । तर यसो हुन सकिरहेको छैन । हालसालै बजारमा निकालिएका फाट्फुट् केही गतिहरूमा मात्र महिला अधिकार र समाज परिवतृनका स्वर पाईएता पनि अधिकाशं गीतहरूले सामाजिक न्याय पाउन नसकेका महिलाहरूको घाऊमा मलम पट्टी लगाउन सकिरहेको छैन ।

एकातिर महिलाहरूकै बिशेष पर्वमा गाइने गीतका शब्दहरूमा महिलाहरूको यथार्थ पीडालाई नै सम्बोधन गर्नु पर्ने हो भने अकातिर धर्म, कला, संस्कृति, रहनशहन र रीतिरिवाजको संरक्षण र सम्बद्र्धन गर्दै यस्ता पर्वहरूको अस्तित्व जोगाई राख्नु पर्ने हो । आजकालका गीत संगीतमा यसो हुन सकिरहेको छैन । आजकालका गीत संगीतमा पहिलेकोभन्दा पृथकता देख्न सकिन्छ । अहिले तीजमा कस्को कसको पोई राम्रो कस्को चाम्रो, कस्ले बढी खर्च ग¥यो, कस्ले बढी गर गहना लगाया, कस्को गहना बढी, कस्का साडी महागो जस्ता भाकाहर गुन्जिने गरेको छ । यसबाट तीजका गति संगीत साथी सङ्गी र दीदि बहिनी प्रतिको माया, ममता र सद्भाव नभई को धनी र को गरीबी भनी लेखाजोखा गर्न सिकाएको छ । भने मौलिकतालाई बिस्तारै पाखा लगाउन खोजेको भान हुन्छ ।

तीज पर्वको पनि आफ्नो छुट्टै धार्मिक तथा साँस्कृतिक महत्व रहेको पाइन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज पनि भन्ने गरिन्छ । यसै परम्परालाई अधार मानेर मनाउने गरिएको तीज पर्व स्वरुप पछिल्लो केही बर्ष यतादेखी केही भिन्न र फरक शैलीमा देख्न थालिएको छ । भाद्र शुक्ल द्वितीयका दिन राति दर खाएर आज तृतीयाका दिन व्रत बसि पंचमीको दिन सप्तऋषी पूजा गरेपछि तीज सम्पन्न हुन्छ । तीजको दर खान विशेषत माइतीले छोरी चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरी चेलीलाई चुरापोते प्रदान गर्ने चलन समेत रहेको पाइन्छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न व्रत बसेपछि शिवजी पति पाएकाले तीजको व्रतको महत्व बढेको छ । सधवा नारीले पतिको आयु वृद्धिका लागि र अविवाहित कन्याले उत्तम पुरुष पतिका रुपमा पाउन र विधवाले पतिको मुक्तिका लागि व्रत बस्ने गरेको पाइन्छ । तर आजकाल तीजलाई अलि भिन्न शैलीबाट मनाउन थालिएको छ । तीजको धार्मिक एवं साँस्कृतिक महत्वभन्दा पनि तडकभडक र देखासिखिको प्रवृतिको विकास भई आधुनिकतासँगै भड्किलोपनलाई बढी जोड दिन थालिएको देखिन्छ भने केही छाडापनको समेत विकास भएको पाइन्छ ।

धार्मिक विश्वास, मान्यता र परम्पराको आधारमा नारीहरू आफ्नो पतिको सुख, समृद्धि, सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै व्रत बसी पूजा आराधाना र नाचगानका साथ यो चार्डको आफ्नो छुट्टै संस्कृति, परम्परा र मौलिकता रहेको छ । तीजमा अधिकाशं हिन्दु नेपाली नारीहरू आफ्नो सौभाग्यको कामना गर्दै अन्नपात र फलफूल मात्र होइन, शुद्ध पानी समेत मुखमा नहाली निराहार व्रत बस्ने गर्दछन । धर्म, सँस्कृति र परम्पराप्रति कट्टर आस्था, विश्वास र भरोसा राख्ने स्वाभिमानी चेलीहरू शरीरलाई सास्ती दिएर भोक–भोकै सकि नसकि व्रत बसी पतिप्रतिको भक्तिभाव र गुनगान संधै भगवानसँग पुकारिरहनछन । बिशेषत ः बुढापाका र कन्याकेटीहरूका लागिभन्दा पनि विवाह गरेर पराई घर गएका चेलीहरूका लागि तीजको छुट्टै महत्व रहेको पाइन्छ । विवाहिता चेलीहरूको रमाईलो भेटघाट र भावना साटासाट गर्ने माध्यमका रुपमा तीज पर्वलाई लिने गरिन्छ । आखिर जे जस्तो भएता पनि धार्मिक परम्परा, रीतिरिवाज र लोक सँस्कृतिको धरोहरका रुपमा विकास गरी नारीहरूको भावनालाई एक अर्काप्रति साटासाट गर्ने यस्ता पर्वहरूको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हुन आउँछ । समयको परिवर्तन र आधुनिकतासँगै चार्ड पर्वलाई परिमार्जित शैलीमा मनाउन थालिएता पनि यसको मौलिकतालाई अवश्य भुल्न मिल्दैन । मोलिकतालाई जोगाउँदै तजिका गतिहरले समाज परिवर्तनमा समेत सहयोग पुर्याउन सकोस । मानिसले आफ्नो स्वार्थ पूर्तिका लागि धर्मका नाममा विभिन्न खाले विकृतिहरूको विरोध गर्दै तीज पर्वलाई जीवन्त जोगाई राखनका लागि धनी र गरिब बिचको विभेदको अन्त्य गरी सबैले हातेमालो गरी सामाजिक सद्भावको विकास गर्न सकोस ।

kavreli.santosh@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *