Skip to content

लक्ष्मीजयन्तीमा सयपत्रि सम्मान

  • by
MayaThakuri


बनेपा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औ जन्म जयन्तीको अवसर पारेर काभे्रको सयपत्री प्रतिष्ठान नेपालले २ जना साहित्यिकारहरूलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मान गर्ने भएको छ ।

नेपाली भाषा–साहित्यको उत्थान, विकास र विस्तारमा सक्रिय बरिष्ठ कथाकार माया ठकुरी र उनका श्रीमान इ. दामोदर शर्मा तथा बरिष्ठ चन्द्रकला नेवार र उनका श्रीमान् डा.डी.बी श्रेष्ठलाई यस बर्षको सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मान गर्न लागेको सयपत्री प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकुमार के.सीले जानकारी दिनु भयो ।

वि.स २०५१ सालमा काभ्रेको उग्रतारा जनागालमा स्थापना भई विभिन्न सामाजिक एवं सामुदायिक कार्यक्रमहरू संचालन गर्दै आएको प्रतिष्ठानने २०५५ सालदेखि प्रत्येक बर्ष नेपाली भाषा, साहित्य र वाङ्मयका क्षेत्रमा कलम चलाई नेपाली साहित्यका माध्यमबाट समाजको सकरात्मक परिवर्तनका लागि योगदान पुर्याउँदै आएका २ जना साहित्यकारहरूलाई लक्ष्मीजयन्तीको अवसर पारेर सम्मान गरिदै आएको संसथाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

संस्थाले हालसम्म दैवज्ञराज न्यौपाने, भरतमणि जंगम, कृष्णप्रसाद पराजुली, घनश्याम राजकर्णिकार, राष्ट्रकवि माधवप्रसाद घिमिरे उनकी जीवनसंगीनी महाकाली घिमिरे (दम्पत्ति), कृष्णचन्द्र सिहं प्रधान, रमेश विकल, चित्तरञ्जन नेपाली, माधवलाल कर्माचार्य, तुलसी दिवस, गीता केशरी, डा. ओमविर बस्न्यात, शेषराज शिवाकोटी, आनन्ददेव भट्ट, डा. तुलसी भट्टराई, मोहन दुवाल तथा उनकी जीवनसंगीनी भारती श्रेष्ठ (दम्पत्ति), डा. कृष्णप्रसाद (विराज)भट्टराई (दम्पत्ति), मोदनाथ प्रश्रित, परशु प्रधान, मञ्जुल उनकी जीवनसंगीनी सुस्मिता नेपाल (दम्पत्ति), डा. खगेन्द्र प्रसाद लुइटेल उनकी जीवनसंगीनी लीला लुईटेल(दम्पत्ति), कपिल अज्ञात (चितवन) र डा. गोशकुमार पौडेल(मकवानपुर), रामप्रसाद ज्ञवाली एवं उहाँकी धर्मपत्नी उषा पन्थी तथा वरिष्ट कवि अर्जुन पराजुली र उहाँकी धर्मपत्नी उर्मिला घिमिरे (पराजुली)लाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिसकेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जिल्ला स्तरीय कवि गोष्ठीको आयोजना सहित सम्मन गरिने उक्त कार्यक्रममा सम्मानित व्यत्तित्वहरूलाई सम्मान पत्रको साथमा दुवोको माला सयपत्री माला, फलफुल र तिहारमा प्रदान गरिने भाइ मसला दिने सयपत्रीको प्रचलन रहेको छ ।

निरन्तरता दिदै विशेष कवि गोष्ठी सहित महकविको १०३ औं जन्म जयन्तिको अवसरमा बरिष्ठ समाजसेवी एवं लेखिका भद्रकुमारी घलेको प्रमुख आतिथ्यमा बरिष्ठ साहित्यकार चन्द्रकुमारी नेवार एवं उहाँको जीवनसखी डा.डी.बी श्रेष्ठज्यू तथा बरिष्ठ कथाकार माया ठकुरी एवं उहाँको जीवनसखी इ.दामोदर शर्मालाई सयपत्री राष्ट्रिय सम्मान २०७०ले सम्मानित गर्न लागेको सम्मान कार्यक्रमका संयोजक एवं वरिष्ट साहित्यकार मोहन दुवालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *