Skip to content

कहिले तिम्रो पछ्यौरीमा


कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दीमा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

नदेखे झैँ बाटो काटी पर पुगी फर्की हेर्दा
तिमीसँग आँखा जुधाई मुटु भित्र राँको बल्दा
कहिले त नामै भूले आफू जाने ठामै भूले
तिमीलाई पच्छ्याई हिन्दा ठोकिएर कति लडेँ

कहिले तिम्रो पर्खाइमा अल्झेँ
कहिले आँखा तर्काइमा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

मेरा सपना तिमी तिरै हामफाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराए बास खोज्न थाले अचेल
खोजिरहुँ जस्तो लाग्छ भेटिरहुँ जस्तो लाग्छ
तिम्रो घरको छेउ-छाउ बसाइ सरुँ जस्तो लाग्छ

कहिले तिम्रो हँसाइमा अल्झेँ
कहिले कुरा गराइमा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

शब्द – रमण घिमिरे
स्वर – उदित नारायण झा
संगीत – आलोकश्री
उपहार (गीति एलबम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *