Skip to content


प्रविधि-विज्ञानको प्रगतिले आजको विश्वमा अनेकौँ नौला आविष्कार थपिएका छन्। यही प्रगतिले ल्याएको पछिल्लो आविष्कार हो साइबर संस्कृति। यो संस्कृति आज अनिवार्य आवश्यकता हुन पुगेको छ। विज्ञानमाथि सरुभक्तले लेखेका कथा-उपन्यासहरूले नौलो आयाम दिइरहेकै बेला युवा सर्जक टंक चौलागाईंको जिरो कटेजले यस क्रमबाट फड्को मारेर नेपाली साहित्यलाई साइबर संस्कृतिमा उभ्याउन पुगेको छ।

आरम्भमा डा डिक्स भन्ने वैज्ञानिक प्रयोगका लागि नेपाल आउँछन्। अनि उनले फरकफरक स्वभावका पाँच जना विद्यार्थीलाई छानेर आफ्नै होस्टलमा राखेर प्रविधि पढाउँछन्। पाँच जना विद्यार्थीमध्येको सौरभ गरबि घरानाको युवा हुन्छ। ऊ जुनसुकै समस्या समाधान गर्ने क्षमतावान् व्यक्ति हुन्छ। अर्को विद्यार्थी दीपक जटिल परििस्थतिलाई सहज बनाउन सिपालु हुन्छ। मोटीघाटी खाइलाग्दी सुशीला अरूलाई सहयोग गर्न सदा तत्पर रहने तर कुनै कामलाई पनि निरन्तरता दिन नसक्ने स्वभावकी हुन्छे। नवीनाचाहिँ अलि बढी नै महत्त्वाकांक्षी हुन्छे र कुनै कुरामा आफूलाई कमजोर मान्दिनँ थिई। अर्को युवा थियो, डम्मरे। ऊ काम सफल होस् या नहोस्, आमविश्वासका साथ समर्पित रूपमा काममा घोटिन्थ्यो।

जिरो कटेजको कथा अघि बढ्दै जाँदा यी पात्रहरूका नाममा पनि प्राविधिक रूपान्तरण हुनपुग्छ। उनीहरूको नामको पहिलो अक्षरलाई अंग्रेजीकरण गरन्िछ र सौरभ डिक्स सान्ट्रो बन्छ। दीपक डिक्स डीमा रूपान्तरति हुन्छ। सुशीला डिक्स एस बन्छे। डम्मरे डिक्स डिन हुन पुग्छ र नवीना बन्छे डिक्स एन।

समग्र उपन्यास छिचोल्दा कुनै विज्ञानमा आधारति चलचित्र हेरेजस्तो अनुभूति हुन्छ। पात्र-पात्राको अनुभव-अनुभूतिसँगै पाठकलाई पुस्तकले रोचक पाराले भ्रमण गराउँछ। यी पाँच वैज्ञानिकहरू क्याम्पबाट एकैपटक बाहिर निस्कँदा अर्कै दुनियाँमा पुगेको अनुभूति गर्छन्। त्यो अनुभूति पाठकमा पनि प्रत्यक्ष रूपमा सम्प्रेषित हुन्छ।

क्याम्पबाट बाहिर निस्केपछि डिक्स सान्ट्रो (सोरभ)लाई सगरमाथा क्षेत्रको वातावरण अध्ययन-अनुसन्धान गर्न पठाइन्छ। ऊ जमिन मुनिमुनि गुड्न सक्ने विशेष खालको यान ‘रोबो ड्राइभ’मा चढेर विभिन्न भौगोलिक स्थल र अवस्थाहरूलाई छिचोल्दै सगरमाथा क्षेत्र पुग्छ। जमिनको सतहमुनि पुग्दा र पुराना डुङ्गे युगका जस्ता मानिससँग सामना गर्न पुग्छ। यानबाहिर निस्कनासाथ त्यस्तै खालका भालाधारी मानिसहरूले ऊमाथि आक्रमण गर्छन्। ऊ ती भालाधारीका प्रहारले मर्छ।

यता ठीक त्यहीबेला जिरो कटेजमा आतंककारीले भाइरसद्वारा भयंकर आक्रमण गर्छन्। जिरो कटेजका वैज्ञानिकहरूले ‘एन्टी भाइरस’द्वारा जोगाउने अथक कोसिस गर्दागर्दै पनि आक्रमण रोक्न असमर्थ हुन्छ। बत्तीहरू निभ्छन्, चारैतिर विस्फोट हुन्छ, आगो दन्किन्छ। डिक्स हल र कायो म्यान खरानी हुन्छन्। विद्यार्थी पनि जिउँदै जल्छन्। अन्ततः जिरो कटेजसहित त्यहाँको प्रयोगशालासमेत ध्वस्त हुन्छ। यसको ज्वाला विश्वभरि नै फैलिन्छ र कटेज पूर्ण रूपमा समाप्त हुन्छ।

संक्षेपमा जिरो कटेजको कथा यही हो। अत्यन्त रोचक घटनाशृंखलासँग जोड्दै चौलागाईँले उपन्यासलाई पठनीय बनाएका छन्। उनले उपन्यासमा प्रयोग गरेको यो पाटो र यस पाटोभित्र पनि प्रयोग गरेका प्राविधिक परकिल्पनायुक्त घटनाहरू वास्तवमै रहस्यात्मक छन्। तर, उपन्यासको अन्त्य यसरी नकारात्मक मोडमा पुगेर समाप्त हुनुले साइबर युगमा हुर्कंदै गएका पुस्तामा भने नकारात्मक सन्देश जान सक्छ। उपन्यासको कमजोर पक्ष यति मात्र हो।

जिरो कटेज

स्रष्टा : टंक चौलागाईं
प्रकाशक : कखरा किताब
पृष्ठ : १७०
मूल्य : १६० रुपियाँ

नेपाल साप्ताहिक ४८६

Leave a Reply

Your email address will not be published. Required fields are marked *