कान्तिपुर
व्रत किन बस्छ्यौ चेली ?
आज अधिकांश नेपाली नारी पानीसम्म नखाई व्रत बसेका छन् । कोही भोकै-तिर्खै छमछमी नाचिरहेका होलान् भने कोही घाममा मन्दिरमा लाम लाग्दा फड्को भएर ढलिरहेका होलान् । धपक्क सजिएर मन्दिर र सार्वजनिक ठाउँमा जाँदा कतिका गहना लुछिन्छन् । कतिका ब्याग तानिन्छन् । कतिका मोबाइल चोरिन्छन् । तर पनि कोभन्दा को कमको फुर्तीसाथ खाली-पेट रमाइलो चलिरहेको छ ।
बादलपारि लिमी
यो उचाइको यात्रा थियो र गन्तब्यमा पर्यो उपल्लो हुम्लाको लिमी । हिँडेको दुई दिन भइसकेको थियो । दोश्रो बिहान च्याछडा पुग्दा छहराको सौन्दर्यले हामीलाइ मुग्ध बनायो । त्यतिखेर मलाई दार्जिलिङ्गको सम्झना भयो । त्यहाँ योभन्दा सानो छहरा छ तर प्रचार भने ठुलो । यो त्यहाँ भएको भए झन् कस्तो प्रचार गर्दा हुन् ? यो छहरामा सधै इन्द्रेणी लागिरहँदोरहेछ ।
पुस्किनको छेउमा उभिएर
हाम्रो रूस यात्रा पूर्णरूपले साहित्यिक उद्देश्यको थियो । त्यसैले यास्नाया पोल्याना पुगेर फर्केपछि हाम्रो हृदयमा टाल्स्टाय भरिए । अघि पनि थिए, आज झन् प्रगाढ भएर बसे । उनलाई भेटेर फर्किएपछि मनमा अरू तिर्खा उठे । अब गोर्कीलाई यसैगरी भेट्न पाए, पुस्किनकोमा पुग्न पाए, चेखवलाई हेर्न पाए, अरू पनि धेरै छन्, ती महान स्रष्टाहरू नाबाकोन, लेर्मोन्तोव, दोस्तोएब्स्की, सोल्झेनित्सन । तर एकरातको छोटो निद्रा छ, यति धेरै सपना कहाँ फिजाउन सकिएला ? तैपनि उत्साहले हाम्रो मन ठेगानमा थिएन । पुस्किनमा पुगेर यो अडियो ।
आधुनिक मान्छेको कथा
यो कथासंग्रहको नामबाट यसभित्र रहेका कथा र तिनका विषयवस्तुबारे केही अनुमान गर्न सकिन्छ । ‘नीलिमा’ अर्थात् प्रेमको प्रतीक र ‘गाढा अँध्यारो’ अर्थात् प्रेमविरोधी अवस्था । अँध्यारोले जीवनको विरोध गर्छ, प्रेमको प्रतिपक्षमा बस्छ । अँध्यारोमा राम्रा काम हुँदैनन् । नकारात्मकता र विकृति अँध्यारोमा ज्यादा फस्टाउँछन् ।
डम्बरे र बाटुलीको सपना
अशोक रत्नपार्कबाट वीर अस्पतालपट्टबिाट हिँडिरहेको थियो, बिनाउद्देश्य । घाम नलागेकाले दिन चिसो थियो । धूवाँ र तुवाँलो मिश्रति धमिलो वातावरणमा रंगीचंगी ज्याकेट, स्वीटर र ऊनीका टोपी लगाएका मानिसहरू आफ्ना दुवै हत्केलामा मुखबाट तातो श्वास फुक्दै हातहरू रगड्दै थिए । एकतमाससँग हिँडिरहेको अशोकसँग अचानक कोही ठोक्कियो ।
गुरु, भावना र दाडिम
अठ्तीस वर्ष पढाएको शिक्षकले शब्द र समयका किनाराबाट अनेकौँ उथलपुथल देखेको हुन्छ । विद्यार्थीहरूका अनेकौँ समय-रचना देखेको हुन्छ । गुरुपूर्णिमाको धार्मिक चलनको कुरा म मान्दिनँ । त्यसो त नवऐतिहासिकतावादीहरू भन्छन्- इतिहासको एकल आयाम हुँदैन । त्यो बर्लिनको पर्खालजस्तो हुन्छ जसलाई भत्काएर यताउता गर्नुपर्छ । यस दिन गुरुलाई सम्झिनु भनेको पटकपटक लेखेको एउटा कागतमाथि फेरि लेखेको ‘प्यालिम्पसेस्ट’ पाठ पढ्नुजस्तै हो ।
एउटी शरणार्थीको कथा
आफ्नो राष्ट्रियता र पहिचान गुमाउनु पर्दाको पीडा कस्तो होला ? हदै भए कल्पनासम्म गर्न सक्छौं हामी । यथार्थमा पीडा अकल्पनीय नै हुन्छ । त्यस्तै ध्रुव सापकोटाको उपन्यास ‘अकल्पनीय’ को घटनावस्तु एउटी यस्ती नारी पात्रसँग गाँसिएको छ जसले आफ्नो राष्ट्रिय पहिचान नै गुमाउनु परेको छ । निर्वासित हुनुपरेको छ । सुरुदेखि अन्त्यसम्म नै उपन्यासकी मूलपात्र पेमाको वरिपरि केन्दि्रत रहन्छ कथावाचन ।
