Skip to content

कान्तिपुर

निजत्त्व पाठ र महाकवि

  • by

महाकवि लक्ष्म्ाीप्रसाद देवकोटाको शतवाषिर्कीमा विशेषाङ्क निकाल्न धेरै पत्रिका जुर्मुराएका स्पन्दन मोबाइलमा बज्छन् अनि बिजुलीपत्रमा निस्किन्छन् आजकल । सुखद अनुभव हो । कताकता लाग्छ अब फेरि देवक

सडकमा तीन दशक

  • by

सानैदेखि उनी नाटक भनेपछि हुरुक्कै हुन्थे । धनकुटामा तिनताक नेवारी र पारसी प्रभावका नाटक खुब हुन्थे, उनलाई कसैले खेलाएनन् । एकदिन आफैंले आँगनमा साथीहरू भेला पारेर लाटोको अभिनय गरे । ‘त्यो गाईजात्राको दिन थियो,’ रंगकर्मी अशेष मल्ल अहिले सम्झन्छन्, ‘र, मैले गरेको अभिनय त क्यारिकेचर पो रहेछ ।’

इन्द्रजात्राका किंवदन्ती

  • by

परम्परागत रूपमा मनाइने जात्रा, पर्व र उत्सवहरूमध्ये इन्द्रजात्रा जात्राका रूपमा मनाइने प्रसिद्ध पर्व हो । विशेषगरी नेवारले यो पर्वलाई धुमधामसँग मनाउने गर्छन् ।

व्रत किन बस्छ्यौ चेली ?

  • by

आज अधिकांश नेपाली नारी पानीसम्म नखाई व्रत बसेका छन् । कोही भोकै-तिर्खै छमछमी नाचिरहेका होलान् भने कोही घाममा मन्दिरमा लाम लाग्दा फड्को भएर ढलिरहेका होलान् । धपक्क सजिएर मन्दिर र सार्वजनिक ठाउँमा जाँदा कतिका गहना लुछिन्छन् । कतिका ब्याग तानिन्छन् । कतिका मोबाइल चोरिन्छन् । तर पनि कोभन्दा को कमको फुर्तीसाथ खाली-पेट रमाइलो चलिरहेको छ ।

बादलपारि लिमी

  • by

यो उचाइको यात्रा थियो र गन्तब्यमा पर्‍यो उपल्लो हुम्लाको लिमी । हिँडेको दुई दिन भइसकेको थियो । दोश्रो बिहान च्याछडा पुग्दा छहराको सौन्दर्यले हामीलाइ मुग्ध बनायो । त्यतिखेर मलाई दार्जिलिङ्गको सम्झना भयो । त्यहाँ योभन्दा सानो छहरा छ तर प्रचार भने ठुलो । यो त्यहाँ भएको भए झन् कस्तो प्रचार गर्दा हुन् ? यो छहरामा सधै इन्द्रेणी लागिरहँदोरहेछ ।

घर एउटा कविता

  • by

तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन ।

पुस्किनको छेउमा उभिएर

  • by

हाम्रो रूस यात्रा पूर्णरूपले साहित्यिक उद्देश्यको थियो । त्यसैले यास्नाया पोल्याना पुगेर फर्केपछि हाम्रो हृदयमा टाल्स्टाय भरिए । अघि पनि थिए, आज झन् प्रगाढ भएर बसे । उनलाई भेटेर फर्किएपछि मनमा अरू तिर्खा उठे । अब गोर्कीलाई यसैगरी भेट्न पाए, पुस्किनकोमा पुग्न पाए, चेखवलाई हेर्न पाए, अरू पनि धेरै छन्, ती महान स्रष्टाहरू नाबाकोन, लेर्मोन्तोव, दोस्तोएब्स्की, सोल्झेनित्सन । तर एकरातको छोटो निद्रा छ, यति धेरै सपना कहाँ फिजाउन सकिएला ? तैपनि उत्साहले हाम्रो मन ठेगानमा थिएन । पुस्किनमा पुगेर यो अडियो ।

आधुनिक मान्छेको कथा

यो कथासंग्रहको नामबाट यसभित्र रहेका कथा र तिनका विषयवस्तुबारे केही अनुमान गर्न सकिन्छ । ‘नीलिमा’ अर्थात् प्रेमको प्रतीक र ‘गाढा अँध्यारो’ अर्थात् प्रेमविरोधी अवस्था । अँध्यारोले जीवनको विरोध गर्छ, प्रेमको प्रतिपक्षमा बस्छ । अँध्यारोमा राम्रा काम हुँदैनन् । नकारात्मकता र विकृति अँध्यारोमा ज्यादा फस्टाउँछन् ।

लिम्बू, लहरा र देश

  • by

तिमीलाई यो अस्ताउन लागेको कलिलो घाममा भेटेँछु । तिमी मेरो सिकुवा र सङ्घारमा बिहानको घाम भई खस्छ्यौ । लुङ्गा, तिम्रो र मेरो प्रेम खोलाको त्यो नभाँचिने लहराजस्तो अजरअमर छ । सबै संसार निदायो । परस्पर समुद्रहरू पनि निदाए, पर्बत पनि निदाए ।

डम्बरे र बाटुलीको सपना

  • by

अशोक रत्नपार्कबाट वीर अस्पतालपट्टबिाट हिँडिरहेको थियो, बिनाउद्देश्य । घाम नलागेकाले दिन चिसो थियो । धूवाँ र तुवाँलो मिश्रति धमिलो वातावरणमा रंगीचंगी ज्याकेट, स्वीटर र ऊनीका टोपी लगाएका मानिसहरू आफ्ना दुवै हत्केलामा मुखबाट तातो श्वास फुक्दै हातहरू रगड्दै थिए । एकतमाससँग हिँडिरहेको अशोकसँग अचानक कोही ठोक्कियो ।

त्यो यात्राको उज्यालो

  • by

मस्को सहरमा ब्युँझदा मन फूलको थुँगा भएको छ । हरिया रूखलाई छोएर उड्ने सिरसिरे बतासले होला, पातलो भुइँकुहिराको प्वाँखजस्तो सिमलको भुवाले होला । ओसिला काला सडकमा कमिलाका ताँती बग्न थालेका छन् । हाम्रो लाम्घारे बस त्यसैमा मिसियो ।

मेरा कल्पनामा सुनको ल्हासा

  • by

चाइना-एयरमा तिब्बततर्फ उडिरहँदा मेरो सम्झनामा धैरै वर्षअघि हामी पोखरा बस्ताका बखत त्यहाँ ओइरिएका तिब्बती शरणार्थीहरू आइरहेथे । स्याङजातिर शरणार्थीका शिविर थिए । त्यतातिर घुम्न जाँदा तिब्बती लुगा लगाएका आमाका कपडाको फेर समातेर सिँगान पुछ्दै गरेका स-साना केटाकेटी घरभित्र-बाहिर गरेका देख्थेँ ।

मर्स्याङदीसँगै बग्दै

  • by

कलकल सुन्दै मनाङमा उकाली-ओराली हिँड्दा १०-१२ घन्टाको थकाइ पनि चटक्क बिर्सिइन्छ । लोडसेडिङको नामोनिसान छैन । मर्स्याङदीका पावर हाउसले पहाडका धेरैजसो घरमा बत्ती पुगिसकेको छ ।

गुरु, भावना र दाडिम

  • by

अठ्तीस वर्ष पढाएको शिक्षकले शब्द र समयका किनाराबाट अनेकौँ उथलपुथल देखेको हुन्छ । विद्यार्थीहरूका अनेकौँ समय-रचना देखेको हुन्छ । गुरुपूर्णिमाको धार्मिक चलनको कुरा म मान्दिनँ । त्यसो त नवऐतिहासिकतावादीहरू भन्छन्- इतिहासको एकल आयाम हुँदैन । त्यो बर्लिनको पर्खालजस्तो हुन्छ जसलाई भत्काएर यताउता गर्नुपर्छ । यस दिन गुरुलाई सम्झिनु भनेको पटकपटक लेखेको एउटा कागतमाथि फेरि लेखेको ‘प्यालिम्पसेस्ट’ पाठ पढ्नुजस्तै हो ।

एउटी शरणार्थीको कथा

  • by

आफ्नो राष्ट्रियता र पहिचान गुमाउनु पर्दाको पीडा कस्तो होला ? हदै भए कल्पनासम्म गर्न सक्छौं हामी । यथार्थमा पीडा अकल्पनीय नै हुन्छ । त्यस्तै ध्रुव सापकोटाको उपन्यास ‘अकल्पनीय’ को घटनावस्तु एउटी यस्ती नारी पात्रसँग गाँसिएको छ जसले आफ्नो राष्ट्रिय पहिचान नै गुमाउनु परेको छ । निर्वासित हुनुपरेको छ । सुरुदेखि अन्त्यसम्म नै उपन्यासकी मूलपात्र पेमाको वरिपरि केन्दि्रत रहन्छ कथावाचन ।

झाड-फानुस तल

  • by

पार्टी उत्कर्षमा पुगिसकेको थियो । सबै इम्पोर्टेड ह्विस्कीको पेगमाथि पेग लगाइरहेका थिए । यो पार्टी केको उपलक्ष्यमा हो, मलाई थाहा थिएन । म त एक मित्रले फोन गरेकोले दगुरेर आएको थिएँ । म जस्तै यहाँ अन्य पत्रकार पनि थिए ।

मनको डायरीबाट

  • by

प्यारो भाइ,

बन्धनयुक्त सरकारी चाकरी (नोकरी) बाट उन्मुक्ति लिएर स्वतन्त्ररूपले सिर्जना गर्ने अठोटले तपाईंको व्यक्तित्वको विशेषता फुकाल्छ । हाम्रो आफ्नै अस्तित्वको निम्ति हामीले धेरैथोक गर्नु छ । अब तपाईंले निर्धक्क केही गर्न सक्नुहुन्छ भन्ने आशा र विश्वासले मलाई यो गीत लेख्न लगायो ।

तामाकोसीको तिरैतिर

  • by

सुनकोसीको किनारमा पाइला बढिरहँदा वर्षा भयो ।

गर्मीमा भिज्नुको मज्जै बेग्लै, त्यसमाथि कविहरूसँग ।

यसपालि रामेछाप यात्रामा बन्दले हैरानै पार्‍यो । राजधानीबाट हिँडेको दिन पनि बन्द, फर्कने दिन पनि बन्द । बाटाभर िपसल छन्, भोकै हिँड्नु पररिहेछ ।

शब्दकोश

  • by

भूपिन व्याकुल
मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णालीपारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले
कर्णालीमा शब्दकोश
केही पानाहरू खाली छोडेर
प्रकाशित कुनै बैरागी किताबजस्तो लाग्छ