मधुपर्क २०६५ चैत

सूर्यका किरणहरू साक्षी छन्

  • by

सूर्यका किरणहरू साक्षी छन्
लाला लाजपत रायमाथि जुत्ता बर्साउनेहरूलाई
लगाउन निरन्तर प्रदान गरिएको छ नयाँ जुत्ताहरू
बूढो रुख भएर थापेकै छु आफ्नो टाउकोलाई
खल्तीमा केप छैन अक्षरको प्रहार पलाँस भएर उड्छ
चिमोट्नै पर्ने हो गन्हाएका छालाहरूलाई
जसरी भए पनि नजिकै उभिएर
तर दरिद्र मानिसले क्रय गरेको पातलो रुमालले
थेग्न सक्दैन गन्हाएका छालाका दुर्गन्धहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झुकी हेर प्यार हुन्छ

  • by

आँखाको यो नानीभित्रै लुकी हेर प्यार हुन्छ
नजर मिलाई हल्का हाँस्दै झुकी हेर प्यार हुन्छ ।

सम्झनामा जतनगरी एउटा तस्बिर सजाएर
हिँड्दाहिँड्दै एकपल्ट रुकी हेर प्यार हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिउँ र तिमी

  • by

न्यानो लाग्नेगरी
चिसो हिउँ परिरहेको छ
र, म तिमीलाई
हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेँछु
त्यसबेला
तिमी असाध्यै नरम र न्यानी थियौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एक निराश व्यक्तिको आत्मस्वीकृति

  • by

इङ्लिस च्यानल पार गरेर इङ्ल्यान्ड पुग्ने सबैभन्दा सस्तो साधन डन्कक र टिल्वरी हुँदै जाने जहाज नै हो । सस्तो भइकन पनि त्यतिसारो खराब छैन यो । यी सबै कुराले गर्दा इङ्ल्यान्ड जाँदा मैले त्यही जहाजको तेस्रो श्रेणीमा यात्रा गरें । क्याबिनको लागि बढी पैसा तिर्नु पर्ने भएकोले म तेस्रो श्रेणीका अन्य यात्रुहरूसंगै ठूलो साझा कोठामा सुतेँ । त्यस दिनको दैनिकी मैले यसरी कोरेको रहेँछु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सप्रिएको घर

  • by

मान्छे मान्छे जस्तै थिए र नै मान्छे थिए । मान्छे त्यहाँ खान्थे, बस्थे । स्नान सुची गर्थे । उड्थे, निदाउँथे, घुर्थे, बौलाउँथे, भाँडिन्थे । कसैलाई अनिद्रा रोग थियो । रातभरि हिँडेर अन्त जान्थे बिहान फर्किएर त्यहीँ आउँथे । कसैलाई अतिनिद्रा रोग थियो । घुर्न निदाउनबाहेक अरू केही जान्दैनथे । कोही अनौठा थिए । त्यसैले उनीहरू दाँत बजाउँथे । चप्पल चलाउँथे । मुक्का खेलाउँथे । केही समयको लागि सम्झौता गर्थे । मिल्थे । फेरि चुच्चा जुधाएर ठुटै बन्थे । हात मल्थे । एकै भएको देखाउन अनुहार साटासाट गर्थे । कतिलाई बेलाबेलामा काम ज्वरो चढ्थ्यो । बर्बराइ रहन्थे । कतिलाई छारे रोगले पक्रन्थ्यो । दाह्रा किटेर फिँज काड्थे । अनि फेरि तत्कालै सद्देझैँ अँगालो मिलाउँथे । आहारिस नाउँको काँचो वायु आङमा चढेपछि फेरि तत्कालै भङ्गालो बनेर फाट्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खजूर

म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा -खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै ।

मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र श्रीमती बानोको नाममा रु. ३० हजार पठाएको थिएँ र फोन गरिदिएको थिएँ- बानो, तिम्रो नाममा रुपियाँ पठाइदिएको छु । ईदको खर्च पनि यसैमा छ, लिनु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फरक अस्तित्व

“ए माग्ने बच्चा, तिम्रा पुर्खाहरू पनि माग्ने नै थिए होलान् । तिमी पनि मागिरहेका छौँ । तिमीहरू अरू गर्न पनि त केही सक्दैनौ सायद । माग्ने काम सजिलो छ । तिम्रा आउँदापुस्ताले पनि मागेरै बिताउलान् भन्ने चिन्ताले मलाई खाइरहेको छ । तिम्रो माग्ने बनिरहने इच्छालाई यो एक डलरले योगदान दिने भयो भनेर मलाई दुःख लागेको छ ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अब मूल प्रश्न

  • by

सुनेर हामीलाई छाडिदिउ, भरत आगो भयो । आगो मात्र पनि होइन, ज्वालामुखीझैं राँकियो ।

तुरुन्तै लाभा पनि ओकल्न थाल्यो- “आजको समयमा पनि नेपाली जनताको अधिकार थिचेर राख्न सक्छु भन्ठानेको ? खै, त्यो गोली चलाउने भरौटे…? म त्यसलाई…!” त्यसपछि उसका शब्द उल्लेख गर्न संशोधन गर्नुपर्ने खालका भए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बवाल

  • by

रातिको दस बजेको थियो । म कम्प्युटरमा बसेर कथा कोर्दै थिएँ । मैले पहिले पनि दुई-तीन चोटि मेरै घरमा देखिसकेकी एक जना महिला हुत्तिँदै ढोका खोलेर सरासर मेरो अगाडि आएर खडा भई । मैले उसका अनुहारमा नजर लगाएँ । ऊ रोइरहेकी थिई । उसका आँखाबाट बर्खे झरीजस्तै आँसुका धारा बगेका थिए । बालाजुका बाइसे धाराजस्तै आँसु बगेका थिए । उसको ब्लाउज च्यातिएको अवस्थामा थियो । उसले मलाई रुँदै भनी – दिदी कहाँ हुनुहुन्छ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्यान्टोनमेन्ट नम्बर ३७३०

  • by

हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो यसयलआर र माथिदेखि तलसम्म सुमसुम्यायो । उसका आँखा कतै केन्दि्रत भए । कतै हराएजस्तो, कतै टोलाएजस्तो देखियो ऊ । सायद ऊ केही सोच्न थाल्यो । हातमा पर्नेबित्तिकै ऊ त्यसलाई सुमसुम्याउँछ, मायाँ गर्छ । छातीमा टासौँटासौँ जस्तो लाग्छ, अँगालो हालिरहौँ जस्तो लाग्छ । कक गर्छ-हावामा त्यसै निसाना लगाउँछ-कहिले रूखतिर तेस्र्याउँदै र कहिले परको डाँडोतिर तेस्र्याउँदै । यस्तो बेला भित्रभित्रै उकुसमुकुस भएको तातो हावा एकै सासमा बाहिर निस्किने गर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मरेको मान्छेको नाममा खानेहरू

  • by

लेखनाथ कागजमा मरेको छ । उसको मृत्युको, प्रमाणपत्र घरमा राखिएको छ । व्यवहारमा भने त्यस्तो छैन । लेखनाथ ज्यूँदै छ । मेरो सामुन्नेमा बसेको छ । मलाई उसको नाम सम्झन गाह्रो भयो । अनुहार सम्झन गाह्रो भएन । मैले लेखनाथलाई आˆनो बैठक कोठामा बोलाएँ ।

-म लेखनाथ । चिन्नुभएन ? लेखनाथले भन्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चालीस पछिको प्रभावपरक समालोचना

  • by

नेपाली समालोचनामा प्रभावपरक समालोचनाको आरम्भ समालोचक सूर्यविक्रम ज्ञवालीबाट भएको हो । उनले विभिन्न कृतिहरूको सम्पादन तथा समालोचनालेखन प्रभावपरक पद्धतिमै आधारित भएर लेखेका छन् । ज्ञवालीपछि समालोचक रामकृष्ण शर्मा नेपाली समालोचनाको क्षेत्रमा प्रभावपरक समालोचना प्रवृत्तिलाई अँगाल्ने कुशल प्रयोक्ता हुन् । यसअगाडिका समालोचकहरूले गुणप्रधान भएर समालोचना लेखेका थिए तर शर्माले स्रष्टाको गुणपक्षलाई भन्दा दोषपक्षलाई लिएर वालकृष्ण सम र देवकोटाजस्ता साहित्यकारहरूलाई अचानो बनाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटा कथा यस्तो पनि

  • by

कुरो हो नैराश्यताको, वेदनाको, वेदनाभित्र लुकेको विवशताको, छल, धोका अनि कुटिलताको, चेतना शून्य मानवताको, छियाछिया भएको निःशब्द, निर्मलता र कुण्ठित चञ्चलताको, निस्तेज, विवश, निर्जीव आत्माको, सजीवबाट पराजित निर्जीव प्रकृतिको, घृणाको, तिरस्कारको, दुव्र्यवहारको । छि केके हो, केके नामै लिएर नसकिने कुण्ठा अनि प्रवृत्तिको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शिरीषको फूल उपन्यासमा पात्रविधान

  • by

नेपाली साहित्यमा चम्किलो ताराको रूपमा चम्किएकी पारिजात दार्जीलिङ जिल्लाको चियाबगानमा वि.सं. १९९० फागुन ३० गते जन्म भएको थियो । संखुवासभामा पुख्र्यौली घर भएकी विष्णुकुमारी वाइवा -पारिजात)को २०११ सालमा काठमाडौँ प्रवेश भयो । नेपाली साहित्यमा वि.सं. २०१२ देखि नै हलचल मच्चाउन सफल पारिजातको ‘शिरीषको फूल’ मदन पुरस्कार -२०२२) प्राप्त छ । जुन उपन्यासको अङ्ग्रेजी अनुवाद संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीमा पढाइ हुनु उनको विषेश सम्मान हो । हुरी बतासले रूखहरू हल्लाएझँै आधुनिक उपन्यास क्षेत्र हल्लाउन सफल ‘शिरीषको फूल’ उपन्यास घटना प्रधान हैन र यसको कथानक पनि सबल छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पिकीओतोको

  • by

पश्चिमी तटवर्ती महानगरको कार्यक्रम सकेर ‘मुनिराज’ सोझै आफ्नो भाइकहाँ आएर बसेको थियो । कामबाट छुट्टी लिएर भाइ चाहिँले दाजुलाई केही दिन त महानगरीका केही दर्शनीय स्थान, कला सङ्ग्रहालय आदि घुमाइदिएका थिए तर के गर्नु हेरेर नसकिने, घुमेर नसकिने, यो विशाल र विकसित देश, भाइ चाहिँले सधैँ घुमाइरहनु सम्भव थिएन । एक्लै घुम्न निस्कनु झन् असम्भव थियो । त्यसैले त्यतातिर घुम्न जाने मुनिराजजस्ता धेरै विदेशीले अधिकांश समय कोठामा नै झोक्राएर अथवा झ्याल बाहिरको दृश्य केलाएर बिताउनै पर्ने बाध्यता रहन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकविको योगदान र समको कविता

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली समाजले एक महान् स्रष्टा एवं एक सिर्जनशील व्यक्तित्वको रूपमा सधैँ सम्मान गरिरहने छ । नेपाली साहित्यिक आन्दोलनका एक प्रणेताको रूपमा सधैँ सम्भ्िfmरहने छ । उहाँ आफूसित एउटा सशक्त कम्पन र एउटा नयाँ हलचल लिएर आउनु भएको थियो । त्यसले नेपाली साहित्य, नेपाली भाषा र संस्कृतिमा नयाँ गति प्रदान गर्‍यो । उहाँको पद्य र गद्य रचनाहरूको भावभूमि, शैली र विचार- यी सबैले नेपाली साहित्यलाई नयाँ युगमा प्रवेश गरायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संयोग भनौं कि चमत्कार !

  • by

चार धामका लागि द्वारिका र जगन्नाथपुरी बाँकी थियो । यो दसैँमा पूरा गर्ने भनेर अठोट गरियो तर कमसेकम डेढ दुई महिना पहिले टिकट लिनुपर्ने रहेछ । समय भिड्काएर लिँदा जताको टिकट पाइयो पहिले त्यतै जानपर्ने भयो तर सिट आरक्षित भएपछि भीडभाडबाट भने मुक्ति पाइयो । हरेक बिहीबार गोरखपुरबाट रेल सिधै द्वारिका जाँदोरहेछ । हाम्रो पहिलो गन्तव्य त्यही भयो । त्यसपछि द्वारिकाबाट मुम्बई हुँदै सिरडीका लागि मनमाड जानपर्ने भयो । सिरडीबाट फेरि फर्केर मुम्बईबाट तिरूपति जाने र त्यहाँबाट जगन्नाथपुरी हुँदै कलकत्ता निस्किएर गोरखपुर र्फकनुपर्ने भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आदिगायक तथा सङ्गीतकार सेतुराम प्रधान

  • by

आदिगायक सेतुराम प्रधान संवत् १९४० सालमा काठमाडौँको असन कमलाक्षीमा जन्मेका थिए । कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये सेतुराम कान्छा छोरा थिए ।

सेतुराम बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे । उनी आˆना बाबु कृष्णधर प्रधानको पछि लागेर कहीँ कतै पुग्दा हार्मोनियम भेटे भने त्यहीँ पनि पलेँटी कसेर बजाउन थालिहाल्थे र गीतमा आफूलाई डुबाउँथे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •