इङ्लिस च्यानल पार गरेर इङ्ल्यान्ड पुग्ने सबैभन्दा सस्तो साधन डन्कक र टिल्वरी हुँदै जाने जहाज नै हो । सस्तो भइकन पनि त्यतिसारो खराब छैन यो । यी सबै कुराले गर्दा इङ्ल्यान्ड जाँदा मैले त्यही जहाजको तेस्रो श्रेणीमा यात्रा गरें । क्याबिनको लागि बढी पैसा तिर्नु पर्ने भएकोले म तेस्रो श्रेणीका अन्य यात्रुहरूसंगै ठूलो साझा कोठामा सुतेँ । त्यस दिनको दैनिकी मैले यसरी कोरेको रहेँछु ।
“ठूलो कोठामा सत्ताइस जना लोग्नेेमान्छे र सोह्र जना आइमाईहरू सुतेका थिए । ती सोह्रै जनामध्ये कसैले पनि आज बिहान मुख धोएको देखिएन । लोग्नेमान्छेहरू सबैजसो बाथरुम गए तर आइमाईहरूले आ-आˆना श्रृङ्गार केस झिकेर पाउडर र अरू सौन्दर्य प्रसाधनले अनुहारको मैलो छोपे । यो अर्को किसिमको लैङ्गकि भिन्नता हो कि ?”
यात्रामा एउटा रोमानियाली जोडीसँग मेरो जम्काभेट भयो । हेर्दा केटाकेटी नै देखिने ती दुई हनिमुनका लागि इङ्ल्यान्ड जाँदै थिए । आफूहरू जान लागेको देशको बारेमा तिनीहरूले अनगिन्ती प्रश्नहरू मसमक्ष तेस्र्याए । मैले पनि तिनीहरूलाई अचम्मैसित ढाँटेँ । परदेशमा महिनांै परीश्रम गरेर स्वदेश र्फकंदाको आनन्दानुभूतिले गर्दा मलाई आˆनो देश स्वर्गझैं लागिरहेको थियो । खासमा यो देशमा धेरै कुरा यस्ता छन् जसले गर्दा घर आउनुको आनन्द नै बेग्लै हुन्छ । पैसा भयो भने यहाँका स्नानघर, आराम कुर्सी, पुदिनाको चट्नी, नयाँ आलु, कोदोको रोटी, मुरब्बा, बियर सबै गजबका लाग्छ्न । आफू गरिब भइएन भने त इङ्ल्यान्ड साह्रै राम्रो देश हो नि । फेरि मालिकहरूका घरपालुवाहरूको हेरचाह र सेवा गर्ने काम पाएको मजस्तो मानिस गरिब हुने त कुरै भएन । आफू गरिब छैन भन्ने विचार आउनासाथ म देश प्रेम भावले गद्गद् भएँ । त्यो रोमानियाली जोडीले आˆना जिज्ञाशाहरू राख्तै गए । मेरो प्रत्येक उत्तरसंँंंंगै इङ्ल्यान्डको प्रशंसा बढ्दै गयो । आˆनो देशको हावापानी, प्राकृतिक दृश्य, कला, साहित्य, कानुन आदि सबैसबै कुराको गुणगान गाएँ मैले । इङ्ल्यान्ड त सर्वगुणसम्पन्न देश हो नि ।
तिनले सोधे, “अनि यहाँको वास्तुकला चाहिँ कस्तो छ नि ?” ‘उत्कृष्ट’ मैले भने “लन्डनका मूर्तिहरूको कुरै बेग्लै । पेरिस जस्तो होइन नि लन्डन । पेरिस ठीक छैन, एकदम विकृत, सहर भव्य देखिए पनि फोहोर, दुर्गन्धे ठाउँहरूले भरिएको तर लन्डन ……. ।”
जहाज टिल्बरीघाटनिर पुग्दा सबैभन्दा पहिला ठूलाठूला होटेलहरू देखिए । रङ पोतिएका भव्य देखिने ती होटेलहरूले अग्ला डाँडाहरूको झझल्को दिइरहेका थिए तर नियालेर हेर्दा भने पागलखानाको पर्खालबाट टाउको देखाएर इङ्लिस कोष्टतिर ट्वाल्ल परेर हेरिरहेका पागलहरूझैं देखिन्थे ती होटेलहरू । मैले रोमानियालीहरूतिर दृष्टि घुमाएँ । तिनीहरू कर्के आँखाले होटेलतिर हेर्दै थिए तर शिष्टाचारवश मुखले केही भन्न सकिरहेका थिएनन् । मैले तिनीहरूलाई विश्वस्त पार्ने हिसाबले भनंेँ- “प|mेन्च कालीगढले बनाएका यी सबै ।” यति भइसक्दा पनि पछिसम्म मैले इङ्ल्यान्डको वास्तुकलाको विरुदावली गाउन छोडिनँ । कतिसम्म भने पूर्वी लन्डनका छाप्राछाप्रीहरू पार गर्दै गइरहँदासमेत लन्डनको सुन्दर वास्तुकलाको लागि प्रशंसाका शब्दहरू प्रवाहित गरिरहेँ । इङ्ल्यान्डको जति वर्णन गरे पनि नपुगे जस्तै लाग्यो मलाई । परदेशबाट घर फर्किएपछि आरामको जीवन बाँच्न पाइने भयो भन्ने सोचाइले त्यो मनोभाव उत्पन्न भएको हुनसक्छ तर मनले सोचेजस्तो कहाँ हुन्छ र ? जब म ‘बी’ को कार्यालय गएँ उसको पहिलो वाक्यले नै छानाबाट खसेझंै भएँ । ऊ भन्दै थियो- “हेर न तिम्रा मालिकहरू बिरामी लिएर विदेशतिर गए तर केही छैन, एक महिनामा आइहाल्छन् ……..” उसको पूरा वाक्य पनि सुन्न सकिनँ । सबै गडबड भयो बा Û
एकैछिनमा म सडकमा पुगेँ । कार्यालयको खबरले मलाई अत्याइरहेको थियो । पैसा सापट लिनुपर्ने कुरासम्म सोच्न भ्याइनँ मैले । मसँग जम्मा उन्नाइस शिलिङ छ पेन्स थियो । त्यतिले एक महिना त के दुई दिन पनि खर्च पुग्दैनथ्यो । के गर्ने भनेर मैले धेरै बेरसम्म सोचेँ तर फेरि निर्णय गर्न सकिँन । दिनभरी सडकमा यताउति बरालिएर बित्यो । रात काट्नको लागि सस्तो सुत्ने ठाउँ कहाँ पाइन्छ भन्ने पटक्कै सोच्न नसकेपछि म पारिवारिक होटेलमा गएँ । त्यहाँ सात शिलिङ छ पेन्स तिरेपछि मेरो हातमा जम्मा दश शिलिङ र बाह्र पेन्स बच्यो ।
बिहानसम्म मैले आˆनो योजना तयार गरेँ । ढिलो-चाँडो ‘बी’ कहाँ पैसा माग्न जानु त छँदै थियो तर हतार गरेर त्यहाँ गइहाल्नु पनि उचित लागेन । यसबीचमा मैले जसरी पनि आˆनो जीउ धान्ने जोहो त गर्नै पर्यो । पहिलेको अनुभवले मलाई आˆनो सबैभन्दा राम्रो सुट नसाट्न झक्झक्याइरहेको थियो । त्यसैले स्टेसनको लुगा राख्ने कोठामा सबै सामान छोड्ने अनि आˆनो दोस्रो सुट चाहिँ साट्ने विचार गरंे मैले । त्यो साट्दा केही थोत्रा लुगा र एक पाउण्ड जति त आइहाल्ला नि । महिनामा तीस शिलिङले गुजारा चलाउने मान्छेले त थोत्रा लुगा नै लगाउनु पर्छ । फेरि लुगा जति थोत्रा भए त्यति राम्रो तर तीस शिलिङले महिना चल्छ चल्दैन भन्ने कुराप्रति चाहिँ म अनभिज्ञ थिएँ । पेरिसमा काम गरिरहेको बानी, पेरिसको बारेमा मलाई जति थाहा थियो, लन्डनको बारेमा त एक छेउ पनि थाहा थिएन । खोइ, मागेर खान त मिल्थ्यो होला, अथवा म जुत्ता पालिस गरेर बस्न सक्थेँ । जे होस् लन्डनमा भोकै मरिहाल्ने नै त कुनै सम्भावना म देख्दिन थिएँ । सुरुवालमा दुई हजार पाउण्ड सिउरेर राख्ने माग्नेहरूको बारेमा लेखिएको लेख कुनै पत्रिकामा पढेको सम्झेँ मैले । माग्नेकै त्यो ठाँट हुने ठाउँमा केको चिन्ता ?
म लुगा बेच्न ल्याम्वेथ गएँ । ल्याम्वेथका मानिसहरू गरिब देखिन्थे । त्यहाँका बजार कवाडी पसलहरूले भरिभराउ थियो । लुगा लिएर छिरेको पहिलो पसलमा पसले नम्र जस्तो लागे पनि ऊ असहयोगी थियोे । दोस्रोको पसले रुखो थियो । तेस्रो पसलको पसलेले बोल्यो भने त हीरा, मोती नै झर्लाजस्तो गर्यो । अन्त्यमा रगत चुहिएला झैं रातो अनुहार भएको पसलेकहाँ म पुगंँे । उसले मैले लगाइरहेको लुगा दुई औँलाबीच अलिकति च्यापेर छामी हेर्यो र होच्याउँदै भन्यो “कमसल रैछ, कमसल कति लिने यसको ?” -हुन त मेरो सुट साह्रै राम्रो थियो तर के गर्ने ?)
मैले सुटको सट्टा आफूलाई केही पुराना लुगा र त्यसमा थप्न सकिने जति पैसा चाहिएको कुरा बताएँ । एकछिन सोचेपछि उसले केही मैला थोत्रा लुगाा ल्याएर काउण्टरमा फुत्त
मिल्कायो । “अनि पैसा ?” मैले एक पाउण्डको आश गर्दै भनेँ । उसले भृकुटी तन्काउँदै सोच्यो र एक शिलिङ झिकेर ती थोत्रा लुगाहरूनिर राख्यो । मैले त मोलमोलाई गर्नै आँटेको थिएँ तर वाक्य फुटाउनुअघि नै त्यो एक शिलिङ फिर्तै लगुँलाजस्तो गरेर उसले हात लम्कायो । म विवश भएँ । उसले देखाइदिएको पसलनिरको सानो कोठामा गएर मैले त्यो थोत्रो लुगा
लगाएँ ।
आˆनो सुट दिएर मैले एउटा पुरानो कोट, एउटा खस्रो ट्राउजर, एउटा स्कार्फ र टोपी पनि पाएको थिएँ । त्यो कोट कुनै समयमा खैरो रङको थियो कि जस्तो देखिन्थ्यो । ती लुगाबाहेक कमिज, मोजा र जुत्ता पनि मैले आˆनै लगाइरहेको थिएँ । मेरो आˆनो कमिजको खल्तीमा एउटा काइँयो र एउटा ब्लेड पनि थियो । लुगाको त्यस्तो संयोजन पक्कै पनि अनौठो थियो । पहिले पनि मैले नराम्रो लुगा नलगाएको होइन तर यस्तो गतिको लुगा कहिल्यै लगाएको थिइँन । ती लुगाको के वर्णन गर्नु ? मैला, ढुसीढुसी गन्हाउने, बान्की नपरेका ती लुगा शोभाहीन थिए । यस्ता थोत्रा र दीनहीन लुगा त माग्नेको पनि हँुदैन होला ।
एक घण्टा जतिपछि ल्याम्वेथमा मैले एउटा धूर्त देखिने लफङ्गा मैतिर आइरहेको देखेँ । पसलको ऐनामा नियालेर हेर्दा पो थाहा पाएँ, त्यो लफङ्गा त म नै पो रहेँछु । फोहोर मेरो अनुहारभरि जमेको थियो । मैलो र फोहोर पनि गजबकै हुन्छन्, मानिसको मर्यादा बुझ्ने । राम्रो लुगा लगाउनेलाई त फोहोरले छुँदै छुँदैन । फेरि पुराना र धसि्रएका लुगा लगाउनेको भने जिउमै फोहोरले डेरा जमाइहाल्छ ।
राति अबेरसम्म म सडकमै यताउति गरिरहेँ । मेरो लुगै देखेर पुलिसले गुण्डा भन्ठानेर समाउला भन्ने डर एकातिर थियो । अर्कोतिर मेरो लवज र लुगामा भिन्नता पाएर मानिसहरूले मलाई शङ्काको दृष्टिले हेर्लान् भन्ने डर पनि थियो । यिनै शङ्का र उहापोहको मनस्थितिमा मैले कसैको अगाडि केही बोल्ने आँट गरिनँ तर पछि मलाई के लाग्यो भने बोली र लवाइ दाँजेर कसैले पनि मूल्याङ्कन गर्दा रहेनछन् । मानिसहरू त कुनै व्यक्तिको पहिरन हेरेरै उसप्रतिको आˆनो धारणा बनाउँदा रहेछन् । पोसाकअनुसार नै मानिसले गर्ने व्यवहार पनि फरक हुँदोरहेछ । मैले लुगा साटेर लगाएपछि मलाई त मानिसहरूको चालचलन र व्यवहार बेग्लै हुन थालेको जस्तो लाग्यो । मलाई त खातेले समेत आफू समान देख्न थालेको थियो । सडकमा सामान बेच्दै हिँड्ने एउटा मान्छेको सामान झर्दा टिपिदिने भएको उसले त ङच्िच दाँत देखाउँदै ‘धन्यवाद यार’ भन्यो । मलाई जिन्दगीमा कसैले पनि ‘यार’, भनेको थिएन, लुगाकै करामत थियो त्यो । स्वास्नीमान्छेहरूले पनि लोग्नेमान्छेसित व्यवहार गर्दा उनीहरूको लुगाकै आधारमा गर्दा रहेछन् । लुगा साँच्चै नै शक्तिशाली हुँदोरहेछ । पहिलो पटक यस्तो लुगा लगाउनु परेकोले होला मलाई आˆनै अवमूल्यन भएकोझैँ लाग्यो । कुनै कैदी जेलमा पर्दा पहिलो रात उसले जस्तो अनुभव गरेको हुन्छ, त्यस्तो झुत्रेझाम्रे बन्दा मलाई त्यस्तै ग्लानि अनुभव भइरहेको थियो- एउटा अपरिमेय तर वास्तविक ग्लानि ।
राति एघार बजेतिर म सुत्ने ठाउँ खोज्न थालेँ । मैले सस्ता होटेलहरूको बारेमा धेरै सुनेको थिएँ -ती त होटल पनि भन्न नमिल्ने किसिमका हुन्थे क्यारे) त्यस्तो होटेलमा त लगभग चार पेन्समा बेड पाइहालिन्छ भन्ने मलाई लागेको थियो । ‘वाटरलु’ सडकको ढुङ्गे पेटीमा एउटा सैनिकजस्तो देखिने मान्छे उभिइरहेको थियो । उसलाई मैले आफू टाट पल्टिनै आँटेको र सस्तो सुत्ने ठाउँ खोजिरहेको कुरा बताएँ ।
जर्ज अर्वेल (ब्रिटेन)
