कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर

  • by


श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरूमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,
विचारको कारोवार गर्छन् ।
आस्थाको पुनर्योग गर्छु र ठम्याउँछु
दुई सुकाको माया धेरैअघि उनले मसँग साटेको ।
विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान् !
सर्जककी स्वास्नी हुनुको पीडा दाउराहरूमा मिसाएर
आगोसँगै बाल्छु ।
तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।
सम्पादकबाट अस्वीकृत उनका विचार
टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।
घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।
पढेकी छु दुई-चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।
कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तकदेखि ईष्र्या लाग्छ ।
आफैं टाँस्सिउँजस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरूमा
ताकि उनले
एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्
र महसुस गरुन् ।
घरी-घरी सम्पादकबाट अस्वीकृत विचार देखेर
अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।
अँगेनाको डिलनजिकै बसेर
फरियाको सप्कोले पुच्छु आˆनो आँसु,
थाहा छ, श्रीमान्,
म उनको शब्दलाई होइन उनलाई प्रेम गर्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *