Skip to content

यता बस्ती अँधेरै छ, कता बाल्यौ टुकी

  • by


यता बस्ती अँधेरै छ, कता बाल्यौ टुकी
फेरि पनि दुःखमा छु म पुरानै दुःखी
छानो पनि यतै छैन, यतै छैन पिंढी
उकालोमा गौंडा मात्रै, छैन कुनै सिंढी

कस्ले लग्यो उखेलेर पखेराको बुकी
फेरि पनि दुःखमा छु म पुरानै दुःखी
ताप्नेलाई पो पाहार छ, भरियालाई गर्मी
पसिनाले भिजेकै छन् किसान र कर्मी

भन, दिन कहिले फिर्छ ए हिमाल झुकी
फेरि पनि दुःखमा छु म पुरानै दुःखी
यता बस्ती अँधेरै छ, कता बाल्यौ टुकी
फेरि पनि दुःखमा छु म पुरानै दुःखी

बाजुङ-२, किरेडाँडा, पर्वत

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *