तिम्रो प्रेमको सागरमा मेरो जीवन डुङ्गा डुब्यो
किनाराको माझीदाइ पिरतीमा घटना घट्यो
आनन्दको तालमा पौडी खेली जीवन रमाउँदा
ज्वारभाटा तिम्रो मनको अचानक चली आउँदा
तिम्रो प्रेमको चुम्बन पिई म प्रेमसागरमा डुबेँ
र आज जिउँदै म जीवन बगरमा मरें
यो घटनाको साक्षी प्रमाण तिमी जीवित म मृत
बैगुनी को हौ हामी हत्यारा हैन प्रीत
आत्मामा हात राखी कठघरामा बोलीदेऊ देव
फैसला म चाहान्छु जीवन सस्तो छैन देख
को पस्ने पिरतीको झेलखानामा सुनाइदेऊ
को बस्ने पिरतीको दरबारमा बताइदेऊ
बगरघाटबाट यो गीत न्याय निम्ति पुकारेँ
त्यसैले प्रेमदेव आज तिमीलाई जीवन मागेँ
खेाटाङ, नेपाल
मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष
मझेरीमा प्रथम पटक प्रकाशित मिति: 2011-03-20 00:03:25 +0900
