१. क्यार्नु भाइ हो !
अकर्मण्य देशको
मुद्दा भाषा भेषको
झेल्नु पर्या छ
आफूलाई नरुच्ने
खेल खेल्नु पर्या छ ।
२.हाम्रा नेताले
बहुजन हिताय
बहुजन सुखाय
उक्ति बिर्सिए
विष छरी जिमीमा
स्वाद खोजे सिमीमा ।
३.आफू जन्मेको
आफ्नै गाउँ ठाउँमा
शरणार्थी बनेर
बसौ कसरी ?
छिमेकीले चेप्दैछ
आफन्तले हेप्दैछ ।
कुश्मा, पर्वत
