Skip to content

कैलेकाहीँ नसोचेको हुन्छ किन साथी


कैलेकाहीँ नसोचेको हुन्छ किन साथी !
उनकै मात्र सपनी देखिरा’छु राती

उनी उस्तै म उस्तै पुग्ने लक्ष्य एकै
लक्ष्य एकै भएपछि किन राख्ने थाती

हराएको छैन भन्छिन् आस्था मनबाट
अझै पनि द्यौरालीमा चढाउछिन रे पाती

भाग्य आफैं कोर्नुपर्छ सफलताका लागि
परिश्रमका बाटाहरू कोरिएकै जाति

अविराम अविराम गर्दै गए यात्रा
अवश्य नै एकदिन पुगिन्छ रे !

1 thought on “कैलेकाहीँ नसोचेको हुन्छ किन साथी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *