Skip to content


म मृतप्राय ः भइसकेको छु
आफ्नै कायाको छायाले मलाई सताइरहेको छ
मैले पटक पटक
आत्महत्याको प्रयास गरेको छु
प्रसव पीडाले मलाई छटपटाइरहन्छ
स्वजनसँगको वियोगले
म कैयांैचोटि मुर्छा परेको छु
मेरो मानचित्र मदेखि हराएको छ
आत्माग्लानिले म सर्वाङ्ग भएको छु
बारम्बार म यस धरतीमा पराजित छु ।
बग्रेल्ती अनुहारहरू बेहोसीझँै
मलाई झम्टन आइरहन्छन्
निर्ममताको कथा
अब म सुनाइबस्न सक्तिन
म सन्त्रस्त छु
यो समयकालदेखि ।

शब्दघर, पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *