सपनाको प्रदेश अझै हराभरा भाकै छैन
भित्र मन रोए पनि अश्रुधारा आकै छैन
जीवनभरि नै तिमीलाई अँगाली राख्ने
जून तारा साक्षी राखी कसम सत्ते खाकै छैन
यो मन पनि अचेल उसै खोला सरी सुसाउँछ
फूल बनी मुस्कुराउँदै गीत तिम्रो गाकै छैन
किनबेच हुने सम्मान अनि लाचार त्यो पगरी
एकलौटी हात पार्न भन को को धाकै छैन !
जति सुकै लेउ हुर्मत बजार ढुङ्गामाथि मलाई
जीवन्त छ आस्था व्याकुल ‘लीला’ भाकै छैन
कर्मैया, सर्लाही
