फेरि अर्को फूल टिप्न फूलबारीमा धायौ होला
आशा गर्छु म भन्दा त हुनीखानी पायौ होला
पुजेर अग्निकुण्ड नजिकिदँै बेहुलीको
उनेर दुबोको माला फेरि लायौ होला
जुनीजुनी तिम्रै त हुँ भन्ने गर्थ्यौ मलाई पनि
यसैगरी अर्कीसँग बाचाकसम खायौँ होला
भन्थ्यौ प्रेम रोमान्स हो हाँस्नु अनि नाँच्नुपर्छ
सुम्सुम्याउँदै केशराशि प्रेमका गीत गायौ होला
रम्दै हौला मदहोशीमा भुली सारा विगतहरू
फेरि अर्को दुनियाँमा खुसी बनि छायौ होला
पाल्पा, हाल ः काठमाडौँ
