Skip to content

म त लालीगुराँस भएछु
वनैभरि फुलेछु
मनैभरि फुलेछु
सबैको नजरमा परेछु
मायालुका लागि प्रेमको प्रतीक
ईष्र्यालुलाई बिझाउने काँढा भएछु

जेहोस्,
सबैका नजरमा परेछु
म त लालीगुराँस भएछु
म त लालीगुराँस भएछु
सुखमा पनि फुलेछु
दुःखमा पनि फुलेछु
झरीसँगै रुझेछु
घामसँगै डढेछु
पहिराले जति नै बगाए पनि
भीरमा पनि फुलेछु

पीरमा पनि फुलेछु
सबैका नजरमा परेछु
म त लालीगुराँस भएछु
म त लालीगुराँस भएछु

गाउँमा पनि फुलेछु
सहरमा पनि फुलेछु
बस्ती-बस्ती
जहाँजहाँ पुग्छु
सबैतिर
सुन्दरता पस्किने
कोसिस गरेछु
तैपनि
किन हो कुन्नि
कमैलाई मात्र फूल
धेरैलाई
बिझाउने काँढा भएछु,

अब त
लाग्छ आफैँलाई
जीवनमा फूल भएर भूल गरेछु !
सबैको नजरमा परेछु
म त लालीगुराँस भएछु

नेपाल साप्ताहिक
अंक १३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *