विषय वा प्रसङ्गले
अर्को अर्थ नलागेमा
मैले तिमीलाई तलाक दिए“ ।
कपालमा मेहन्दी दलेर
सिल्की भएकी रहिछौ
ब्लिचिङ् गरेर अनुहारमा
मिल्की भएकी रहिछौ
बेत बसेको उमेरमा
वै“स कर्ुर्लिएको रहेछ
प्रेम दिवसको सम्झनामा
तिर्खा उर्लिएको रहेछ,
नातिनातिनाको बगालले छोप्ता
म छेउमै रमिते थिए“
विषय वा प्रसङ्गले
अर्को अर्थ नलागेमा
मैले तिमीलाई तलाक दिए“ ।
नेलपलिसले सजाएर
नङ्ग्रा तिखारेकी रहिछौ
आइब्रो दलेर लछप्यै
आ“खा बिगारेकी रहिछौ
पत्रि्रताको लक्ष्मण-रेखामा
आफूलाई सि“गारेकी रहिछौ,
झरीले पाउडर पखालेर
अनुहारको चाउरी झोल्लि“दा
त्रि्रो सक्कली रूप
टुलुटुलु हर्ेर्दै थिए“
विषय वा प्रसङ्गले
अर्को अर्थ नलागेमा
मैले तिमीलाई तलाक दिए“ ।
विश्वविजय गर्ने सन्तान चाहिन्छ मलाई
सगरमाथाको शिखरमा झन्डा फहराएकै हो
टिष्टा र का“गडामा परेड खेलेर
विजयको खा“डो पखालेकै हो
जिससलाई सुली चढाएपछि
जिससमय भयो दुनिया“
कवीरलाई फालेको गङ्गामा
पाप पखालिरहेछ दुनिया“,
‘डेटएक्स्पायर’ अनुहारले
मलाई भुलाउन नखोज
लैलामजनूको कथामा
मलाई झुलाउन नखोज
विष पिलाइएका सुकरात
इतिहासमा जीवित छन्
हसन हुसेनको नाममा
मुस्लिम आफै“लाई कोर्रर्ााानिरहेछन्,
सभामा
द्रौपदीलाई नङ्ग्याउने फैसला हु“दा
म त्रि्रो पाइन् हर्ेर्दै थिए“
विषय वा प्रसङ्गले
अर्को अर्थ नलागेमा
मैले तिमीलाई तलाक दिए“ ।
नेपाल साप्ताहिक
अंक १३२
