Skip to content

गद्य कविता

रातहरू र निरमाया

भयभित भएर हाँस्दै, चिप्लँदै गरेका रातहरू–
अँध्यारोमा अँध्यारो हराए झैं
निरमायाको मनमा हराइरहन्छन् ।

आकाश घोचेर रातहरूले
किन रगतको वर्षा गर्छन् ?
जान्दिन निरमाया ।

फरक आकाश

हामीले टेक्ने
माटो एउटै हुन ।
कतै समथल मैदान होलान,
कतै खोज पहाड होलान,
कतै हिमाली लेक होलान,
कतै मरुभूमि होलान,
तर,
ती सबै सबै
हामीले टेक्ने माटो नै हुन ।

एउटा मृत्यु त्यस्तो होस्

  • by

लाग्ने गर्छ
मेरा पनि अघि-पछि कोही त रुने हुन्
हजारौँ-हजार मलामी हुन्
तर
कहिलेकाहीँ लाग्ने गर्छ
ए भगवान् !
म गल्लीको कुकुर झैँ मर्न पाऊँ

जीवन यात्रा

  • by

दर्दमिश्रित मुस्कन
आमा बन्दको शुखानुभूति
विर्य र डिम्बको फैसला
नौ महिने काराबास
र संयुक्त इज्लासले
दिएको उन्मुक्ति शिरोधार्य गर्दै

जलेको दियो

एउटा घरको दियाघरमा दियो
धिपधिप गर्दै जलिरहेको छ
सन्ध्याको प्रतिक,
सूचक बनेर
अविछन्नरुपमा जलिरहेको छ
ऊ आफैंलाई निरन्तर जलाई रहेको छ
के थाहा देख्नेलाई बाहिरी आवरणबाट
उसको त्यो जलाइमा
कति महानता र अनुपमता छ
त्यो उसैलाई थाहा छ
त्यसैले ऊ एकनासले जलिरहेको छ
ऊ चाहन्छ
दुईचार जोडी सलेदोको साथ
अरु वर्तन थपेर जल्नलाई…
त्यसैल उसको चाहना छ
त्यो जलाई अन्तिम पटक होस्
उसको जलाइबाट शान्तिका किरणहरु
प्रसारित होस्
ऊ अझैं अन्तिम पटक जल्न तयार छ
त्यसैले त ऊ फेरी पनि
मसालसरी भएर
अन्तिम पटक जल्नथालेको छ
यो जलाइमा उसलाई
रत्तिभर पश्चाताप छैन
आफ्नो जलाइले ब्रामण्डलाई नै

उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै

भाबना
उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।

चन्चलताको प्रतिक यो मन, मात्र सधैँ उड्न खोज्छ
फक्रिएको फुललाई किन, परिस्थिती चुड्न खोज्छ ।
सम्हाली नसक्नु मनलाई, यत्र–तत्र चराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।

बिलौना मात्रै सुन्छु पिडाका, हाँसो खुसीका कुरा छैनन्
सबैका यहाँ लक्ष्य अधुरा, कसैका सपना पुरा छैनन् ।
हालत मेरो हुन्छ कि त्यस्तै, आफैसँग डराउँछु त्यसै
भिडहरुमा बोली फुट्दैन, एकान्तमा कराउँछु त्यसै ।।

उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै

हो म दौडिएँ

दियो बलेको थियो,
हावा आई निभाई दियो,
म झस्याङ्ग विउझिएँ
अनि म तर्सिएँ खै किन
मनै टोलाएरु सोचिरहेँ,
आखिर त्यो भिडमा सुनेको आवाज,
एकोहोरो बचाऊ बचाऊ
अनि दौडिएँ त्यो गन्तव्य
त्यस आवाजको केन्दै बिन्दु तर्फ
दौडिएँ म दौडिएँ,
चारैतिर अन्धकार
देखेँ मात्रै एउटै प्रतिबिम्ब,
पक्कै ति नेपाल आमा हुन्
चित्कार दिनै आमाको
सोचेँ प्राणको आहुति दिन्छु,
दिनै आमाको लागि,
फेरी दौडिएँ ,
हुरी बतासलाई पराजित गर्दै
त्यो आवाजको मध्य विन्दुमा पुग्ने
उदेश्य लिएर म दौडिएँ
हो म दौडिएँ,
उनै आमलाई बचाउन
उनै आमाको इज्जत जोगाउन,
म दौडिएँ
हो म दौडिएँ ,

सबै सबै सबै लग्यौ

  • by

सबै चुडियो
तन चुडियो, मन चुडियो
तिम्रो सम्झनामा यौवन चुडियो
निर्रथक बन्यो प्रेम
अनिष्ठ बन्यो यात्रा
तिमी सर्किंदै पर पुग्यौ
त्यही कल्पनामा जीवन चुडियो ।

सामाङ्खुको यादमा डुब्दा

क्षितिजलाई अङ्गालोमा बाधेर
पारीबाट
पाथिभरा र सिरिङ्गजोकले
पल पल एकोहोरो,
मायाले, इर्श्याले
अनेक अनेक
कल्पना र भावनाले
हेरिरहन्छन सामाङ्खुलाई ।