Skip to content

गद्य कविता

हरिया खेतका आशाहरू

  • by

असार महिनामा हरियाली भरिएका यी रोपाईंका खेतबारीहरू
वर्षा ऋतुमा भिजेका निश्चल हरिया पाखाहरू
बदलिदो नेपाली माटोमा अंकुरित नया आशाहरू

आशाहरू
देश विकास र शान्तिका आशाहरू
आशाहरू
आपासी समन्वय र सदभावका सुन्दर आशाहरू

प्रेम

प्रेम
भमराको फूलप्रति,
पुतलीको बत्तीप्रति,
जस्तो कि तिम्रो मप्रति
त्यो प्रेम के प्रेम ?
जुन भमराको फूलप्रति छ
पुतलीको बत्तीप्रति छ
जस्तो कि तिम्रो मप्रति छ ।

एउटा मानिस एउटा जीवन

  • by

एउटा मानिस
एउटा जीवन बोकेर
एउटा संसार जित्ने सपना देख्छ
सुखको खोजीमा मानिस स्वयमले पीडा रोप्छ
पीडा बाँड्दछ, पीडाकै ओछ्यानमा लम्पसार परी
पीडा मार्ने औषधि सेवन गर्छ
आगमनको पीडा भुलिसकेको उसले
प्रस्थानको पीडामा आँशु झार्छ

मित्र

थाहा छैन मित्र प्रेमको जाल बुन्न
कस्तो हुन्छ भनेर ।
सजाउने चलन नै छैन मेरो
मनमा कुराहरु गुम्साएर ।

नगरमा कोही भए पो धाउने
प्रेमको पर्दा फास गर्न।
आफ्नो त मन नै छैन मित्र
कसैलाई धोकादीई प्रेम गर्न ।

कसैलाई प्रेम गरेको भए पो
प्रेमको जालमा म फस्नु ।
तिमीले पनि प्रेमको आकर्षण
भुलेर पनि कहिल्यै नखोज्नु ।

प्रेम गरे भने त्यो मुस्लोले
पक्कै पनि मलाई धोला ।
धोए पनि त्यस बाट बचाउनेले
मेरो यो मन लैजाला ।

धर्तीको अबसान

उनलाई सुन्न म झुक्किएर–
उनको गल्ली पुग्छु ।
बेला बजाउने त्यो युवतीलाई
कठघरामा उभ्याएको देख्छु ।
आज माहोल भिन्न छ/हिजोको भन्दा
उनले गाउने परम्पराको गीत
बेलाको लयमा– म साक्षी थिएँ ।

यती कमजोर पनि हुन्छन् त लाटी

भबना मनको

उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।

तिमीलाई जती पिर छ, मलाई पनि उत्ती
मेरो पनि त मन छ, मुटु धड्किन्छ कत्ती
व्यथाहरु मनमा अल्झाई–अल्झाई
मन–मनमै पिर बुन्छन् त लाटी
उल्टै मलाई सम्झाउँथ्यौ हिजो
अबुझ् भइ आफै रुन्छन् त लाटी ।।

भन्नेले भन्देछन् मेरो बिग्रोरे मती
त्यो सुनि रात भर रोयौ रे ! अती
सुनेको भरमा अर्काको कुरा
आँशुले मुहार धुन्छन् त लाटी
भन्थ्यौ ढुङ्गाको मन बनाउन सक्छु
यती कमजोर पनि हुन्छन् त लाटी ।।

भन्छ भन्नेले भन्नेको मुख टाल्छ कल्ले