गद्य कविता
वसन्त आएन, बाटो नै पाएन (सवाल-जवाफ कविता)
सवाल कविता : वसन्त आएन
-रामविक्रम थापा
न्यानो आएन
उज्यालो आएन
नाङ्गालाई कपास आएन
भोकालाई भात आएन
रोगीलाई औषधि आएन
बैशाख एक्लै आयो
बसन्त आएन ।
जवाफ कविता : बाटो नै पाएन
-नन्दलाल आचार्य
आएन हैन आयो
न्यानो असहज भएर आयो
भविष्य धरमरिएर आयो
नाङ्गालाई झन् पीडा आयो
भोकालाई अझ हैरान आयो
रोगीलाई चाँडो मृत्यु आयो
बैशाखसँगै घनघोर चट्याङ्ग आयो
रोग, भोक र शोक अझ थप भएर आयो
त्यही बाटो हुँदै आउनुपर्ने
बसन्तले चाहिँ बाटो नै पाएन ।
विरामी मान्छे
पुस कटेर के भयो त,
खुसी रोपेर आँशु फलाउने खडेरीहरू,
राँको बालेर तोरी फुलाउने बर्षाहरू
र टमाटरको बोटमा खुर्सानी फल्ने
दिनहरू बाँकी नै छन ।
खरानी घसे पनि,
अँध्यारो गुफाको मान्छे अँध्यारै हुन्छ
तर टमाटरको बोटमा खुर्सानी फले जस्तो
चहकिलो, उज्यालो दिन ढलेजस्तो
नमिठो छैन बिरामी मान्छे
छ त केवल आशिलो मन बोकेको ।

मान्छेलाई सबैभन्दा प्यारो सायद
यो सम्झना
भित्ता छेड्दै छालाको रिसाइ
यहाँ मन्दिरको प्रसाद खाने र आराधना गर्ने भन्दा
लालीगुराँशका बोटहरू
हो,
समस्यासित डराउन्न
जब म कालो देख्छु अनि कालै सुन्छु,
कस्ले खान दिन्छ होला, कस्ले लाउन देला ?