Skip to content

गद्य कविता

समय र इतिहास

समय शाश्वत
र
इतिहास त्यसैमा आशक्त छ ।

समयले जन्माएका
आइन्स्टाइनहरू
समय झैं
शुन्यमा ठोकिए
किनकि
ईश्वर शुन्य हो ।
तिनको इतिहास हुँदैन ।

तिमी थियौ र म थिएँ

तिमी थियौ र म थिएँ
चारै तिर हरियाली थियो
रंगी-बिरंगी फूल फुलेका थिए
अनि फूलहरुको माझमा
केवल तिमी र म आफ्ना
मिठो प्रेम साटी रहेका हुन्थ्यौ
तिमी थियौ र म थिएँ
मेरो सपना सजिएको थियो

DeshSubba-02

रेखा कविता- ५ : म शेष नागको टाउकोमा उभिरहेको छु

  • by

किन फैलिन्छ अतिवादी आगो
किन मौलाउँछ वैमनुष्यता
किन अशान्ति चारैतिर
किनभने यहाँ एउटा अमानुष रेखा छ
म त्यो रेखामा उभिरहेको छु यतिखेर
जब म त्यो रेखा टेकेर उभिन्छु
त्यसै त्यसै मेरो सगरमाथा फर्फराउँछ
मेरा स्वभावहरू किन सल्बलाइरहेछन्

आज फेरि (कविता)

आज फेरी
तिम्रो याद आयो,
म कहाँ भुल्न सक्छु र
ति हाम्रा सपना अनि कल्पनाहरु |
त्यो मनोरम प्रकृतिहरु बीच
कुम्भकर्ण हिमालको दृश्य हेर्दै,
कहिले नछुट्ने बाचा कसम
माया पिरतीका मिठा कुराहरु |

तिमीलाई नदेखेको दिन
म आफै हराएको भान भएको क्षण,
कता के छुटे,
बिर्से जस्तो लागेको पल |
वियोग कहिले नआओस जस्तो लाग्थ्यो
सधै संगै देखि रहु,पाई रहु लाग्थ्यो,
तिम्रो त्यो मायालु मृग नयनी आँखा
कहाँ भुल्न सक्छु र |

स्वर्गबाट झरेकी अप्सरा जस्ती,
मुलायम सिलिक्क लामो केश
गुलाबी ओठ, लजालु नजर, मिठो बोली |
अझै मेरो मुटु दु:खी रहन्छ,
घोची रहन्छु, बल्झिरहन्छ |
नचाहदा नचाहदै हामी दुई भबिष्यको खातिर,
विवस भएर तिम्रो यादमा तडपिन्दै,
मैले गाँउ छोडेको कहाँ बिर्सेको छु र |

सहर आएर लेखेका दर्जनौ चिठ्ठीहरुको,
जवाफ नपाउदा,
महिनौ तड्पिएको त्यो क्षण,
अनिदो रात अनि,
तिम्रो चिठ्ठीको आशामा पर्खेको यो मन |
अचानक खबर पाए तिम्रो विदाईको
मेरो धर्ती भासियो, संसार अध्यारो भयो
तत्काल गाउँ फर्कदाको पल,
हप्तौ महिनौ लागेको ति क्षणहरु,
कहाँ भुलेको छु र |

गाउँ फर्किए पनि भेट्न सकिन
तिमी अर्कै कि भई सकेकी थियौ
सुने,
तिमीलाई जबर्जस्ति बेहुली बनाएको थियो अरे |
मैले पठाएका चिठ्ठी,
अरु कसैले खोलेर हेर्थ्यो रे |
चिठ्ठी नपाउदा तिमीले
स्वार्थी भन्यौ होली,
मेरो यादमा कति तडपियौ होली |

म बयान गर्न सक्दिन,
ठुलो असमझदारी भयो
हस्तक्षेप,
जसले हाम्रो बिछोड भयो |
तापनि,
तिमीलाई दोष दिन चाहन्नँ
तिमीलाई साथ दिन नसके पनि
आस्था घटेको छैन,
झन् बढेको छ |
तिमीले कर्तब्य निभायौ,
अचेल,
मुटु दरो बनाएको छु,
जहाँ जे छु ठिक हुने प्रयासमा छु,
तिम्रो भबिष्यलाई सफलताको शुभकामना |

सेप्टेम्बर २०१०
न्युयोर्क

गाउँको सम्झना

  • by

मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ
र, फेरि एकपल्ट त्यही धुन दोहोर्‍याएर सुनुँ
नदी, पवन र रूखले गाएको मधुर युगल गीत
त्यो इन्द्रेणीले रुझेको मादक गाउँमा।

बेकार छ

  • by

आँखा राम्रो भएर मात्र के गर्र्नू!
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने
ठ राम्रा भएर के गर्नू?
जब ती ठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भएर मात्र के गर्नू?

छोरीहरू

  • by

छोरीहरू छन्
र त घर रमाइलो छ।
भुनभुन-गुनगुन माहुरीझै भुन्भुनाउँछन्
चिरबिर-चिरबिर चराहरूझै गाउँछन्
बतासले सुस्तरी छोएको रूखका पातझै छुनुमुनु-छुनुमुनु नाच्छन्
उडिरहेका पुतलीहरूझै कोठा-कोठा घुमिरहन्छन्
छोरीहरू छन्, र त यसो गर्छन्।

छेउको मान्छे

  • by

मेरो छेउमा एउटा मान्छे छ
ऊ मेरो आँगनमा घाम नउदास् भन्छ
मेरा परेवाहरू नघुर्घुराउन् भन्छ
मेरो बगैँचामा वसन्त नआस् भन्छ
मेरा फूलहरू नमग्मगाउन् भन्छ।

सन्त्रासहरू

  • by

बतासहरू बहन्थे- मन्दमन्द
तिम्रा आवाजहरूको आकाश लिएर।
खोलाहरू हिँड्थे- कलकल
तिम्रा सम्मोहिनी शब्दहरू बोकेर
नदीहरू दगुर्थे- सललल
तिम्रा गीतका अन्तराहरू छोएर।

रेखा कविता – ४ : म कविताको दापबाट खुकुरी निकाल्छु

  • by

मेरो फूलबारीमा किन खेल्छ अतिवाद,
त्यसलाई काट्नु छ

मेरो घरभित्र किन पस्छ शंका
त्यसलाई काट्नु छ

मेरो समाजमा किन हुर्किन्छ अन्धविस्वास
त्यसलाई काट्नु छ

मेरो देशमा किन घुम्छ आतङ्क
त्यसलाई काट्नु छ

म अस्तित्व हराएको मान्छे

म गोठमा जन्मेर
गाँउमा हुर्केको मान्छे,
दु:खको पहाड बोकेर
हिंडेको मान्छे,
लगाउनलाई म संग
चप्पल थिएन,
लाहुरेको छोराहरुको
जुत्ता हेरेर मक्ख पर्थे,
पैतला फुटेर जमिन
भासिए जस्तो हुन्थ्यो,

अन्जान पथिक

एउटा
अन्जान पथिक
तिम्रो शहरमा
व्यस्त शहरमा
काकाकुल शहरमा
चलायनमान मेसिनहरुको करौतीले
मानवीय रेटिएको शहरमा
आशङ्काले घेरिएको शहरमा
जड र स्थिर शहरमा

पर्देशिना बिबश चेलीको दशैंको पीडा

बिर्सियौ तिमीले मलाई सम्झिन
भुलेछौ मासुको चोक्टा र रक्सीको घुट्कोमा,
रम्दै होलाऊ अँझ,तिमी साथी-संगी सँगै
लिङ्गे पिंङ्को झट्कोमा !

न अट्कोस मासुले,न सर्कोस रक्सीले,
जति नै चोक्टा र घुट्को पिए नि,
न चुँडोस ती लिङ्गे पिंङ्को डोरी
जति नै झट्का तिमीले लिए नि !!

भाग्य ?

तराई, पहाड र हिमाल
फेरि,
हिमाल, पहाड र तराई
बीचमा म केही पनि देख्दिन
जे देखिन्न त्यहीँ भाग्य छ

ल्हासा ताकेर दौडेको खच्चर
काँसी आइपुग्छ र ?
२ मा २ जोड
अनि लाटोलाई सोधिहेर
१, २, ३, ४
बीचमा म केही पनि देख्दिन
जे देखिन्न त्यहीँ भाग्य छ

आमा

जीवनसँग जुझ्दै
हारहरूलाई स्वीकार्दै
दृढ अठोट मनभरि पाल्दै
बिचलित नभैकन
चुला र चौकामा
ढिकी र जातोमा
विवशतामा रमाइरहेकी
प्रफुल्ल मेरी आमा
तिमीले आफ्नो
पीडाको क्षणलाई
हाँसी-हाँसी
हामीलाई हसाउँदै
अस्मिताको जोखिमहरूलाई भुली